बलरा–६ मिर्जापुरमा भीषण आगलागी, पशुचौपाया र २० क्विन्टल धान जलेर नष्ट

पावर अफ मधेश पावर अफ मधेश
बुधबार, पौष २३, २०८२
254 Views
समाचार सारांश
  • सर्लाही ।
  • सर्लाही जिल्लाको बलरा नगरपालिका–६ मिर्जापुर गाउँमा आइतबार नन्दु शाहको घरमा भीषण आगलागी हुँदा ठूलो धनमालको क्षति भएको छ।


सर्लाही । सर्लाही जिल्लाको बलरा नगरपालिका–६ मिर्जापुर गाउँमा आइतबार नन्दु शाहको घरमा भीषण आगलागी हुँदा ठूलो धनमालको क्षति भएको छ। आगलागीबाट घरमा बाँधिएका भैँसी, पारा तथा बाख्राहरू जलेर मरेका छन् भने करिब २० क्विन्टल धान पूर्ण रूपमा जलेर नष्ट भएको छ।
अचानक लागेको आगोले केही समयमै घर र गोठलाई आफ्नो चपेटामा लिँदा पीडित परिवारको दैनिक जीविकोपार्जनमा ठूलो असर परेको छ। आगलागीको कारण हालसम्म खुल्न सकेको छैन। स्थानीय बासिन्दा तथा जनप्रतिनिधिको सहयोगमा आगो नियन्त्रणमा लिइएको भए पनि क्षति भने ठूलो भएको छ।
घटनापछि पीडित परिवारलाई तत्काल राहत, उचित क्षतिपूर्ति तथा पुनःस्थापनाका लागि स्थानीय सरकारसँग माग गरिएको छ। सम्बन्धित निकायले घटनाको अनुसन्धान सुरु गरेको जनाइएको छ।

 

 

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला