गृहमन्त्री गुरुङले सर्वसाधारणका गुनासा प्रत्यक्ष सुन्ने पहल
- काठमाडौँ, १८ चैत – गृहमन्त्री सुधन गुरुङले सर्वसाधारणका गुनासा प्रत्यक्ष सुन्ने उद्देश्यले मन्त्रालयमै नागरिकहरूलाई बोलाएका छन्।
- कार्यक्रममा विशेषगरी गाउँ–गाउँबाट आएका नागरिकहरूले आफ्ना पीडा र समस्या गृहमन्त्रीसमक्ष राखेका थिए।
काठमाडौँ, १८ चैत –
गृहमन्त्री सुधन गुरुङले सर्वसाधारणका गुनासा प्रत्यक्ष सुन्ने उद्देश्यले मन्त्रालयमै नागरिकहरूलाई बोलाएका छन्। कार्यक्रममा विशेषगरी गाउँ–गाउँबाट आएका नागरिकहरूले आफ्ना पीडा र समस्या गृहमन्त्रीसमक्ष राखेका थिए।
कार्यक्रममा सहभागी अधिकांश नागरिकहरूले न्याय पाउन अझै कठिन रहेको अनुभव व्यक्त गर्दै, शक्ति र पहुँचका आधारमा अन्याय सहनुपर्ने अवस्था रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए।
कार्यक्रमका सहभागीहरूले गृहमन्त्रीसँग भेट पाउँदा खुसी व्यक्त गर्दै विगतका अनुभवसमेत सुनाएका थिए। एक सर्वसाधारणले भने, “धेरै गृहमन्त्रीहरू बने, तर तपाईँजस्तो हामीजस्ता सर्वसाधारणको गुनासो सुन्ने व्यक्ति पाउन सकेनौँ। हाम्रो कुरा सुन्नुभएकोमा धन्यवाद।”
गृहमन्त्री गुरुङले नागरिकका गुनासालाई गम्भीरतापूर्वक लिँदै आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ
