राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल हुन सक्छ : रामकुमारी झाँक्री
- काठमाडौँ ।
- नेकपा (एमाले)की राष्ट्रिय सभा सांसद रामकुमारी झाँक्रीले राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल हुन सक्ने बताएकी छन्।

काठमाडौँ ।
नेकपा (एमाले)की राष्ट्रिय सभा सांसद रामकुमारी झाँक्रीले राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल हुन सक्ने बताएकी छन्।
सोमबार राष्ट्रिय सभा सदस्य पदको सपथ लिएलगत्तै सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राष्ट्र र जनताको पक्षमा हुने संविधानसम्मत विषयहरूमा छलफल गर्न एमाले तयार रहेको बताइन्।
उनका अनुसार संविधानमा स्पष्ट रूपमा अपरिवर्तनीय भनिएका प्रावधानबाहेक अन्य सबै विषयमा छलफल र परिवर्तन सम्भव छ। उनले संविधानमा केही धाराहरू अपरिवर्तनीय भए पनि अन्य धेरै प्रावधानहरू समयअनुसार परिवर्तन हुन सक्ने बताइन्।
सञ्चारकर्मीहरूले राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय सभा खारेज गर्ने विषय उठाएको बारेमा प्रश्न गर्दा झाँक्रीले संविधानअनुसार हुने सबै विषयमा खुला रूपमा छलफल गर्न सकिने प्रतिक्रिया दिएकी हुन्।
यसैबीच उनले हालै सम्पन्न निर्वाचनको समिक्षा लगायतका विषयमा छलफल गर्न पार्टीले छिट्टै समिक्षात्मक बैठक बोलाउने जानकारी पनि दिइन्।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ