ट्राफिक प्रहरी सर्लाहीले कौडेना–३ पर्सास्थित कच्ची सडकमा सुरक्षा व्यवस्थापन

पावर अफ मधेश पावर अफ मधेश
बुधबार, माघ २८, २०८२
272 Views
समाचार सारांश
  • सर्लाही, माघ २८ ट्राफिक प्रहरी सर्लाहीले कौडेना गाउँपालिका वडा नम्बर–३ पर्सा क्षेत्रमा पर्ने ड्राइभसन कच्ची सडक खण्डमा रातको समयमा सवारीसाधन आवतजावतमा कठिनाइ देखिएपछि सडक सुरक्षालाई ध्यानमा राख्दै विशेष व्यवस्थापन गरेको छ।
  • उक्त सडक खण्ड कच्ची भएका कारण राति दृश्यता कम हुने, सडक किनारा छुट्याउन गाह्रो हुने तथा दुर्घटनाको जोखिम बढ्ने गरेको गुनासो आएपछि ट्राफिक प्रहरीले सडकको दुईतर्फी साइडमा ड्रम राखी टल्किने (Reflective) स्टिकर जडान गरेको हो।

सर्लाही, माघ २८ ट्राफिक प्रहरी सर्लाहीले कौडेना गाउँपालिका वडा नम्बर–३ पर्सा क्षेत्रमा पर्ने ड्राइभसन कच्ची सडक खण्डमा रातको समयमा सवारीसाधन आवतजावतमा कठिनाइ देखिएपछि सडक सुरक्षालाई ध्यानमा राख्दै विशेष व्यवस्थापन गरेको छ।

उक्त सडक खण्ड कच्ची भएका कारण राति दृश्यता कम हुने, सडक किनारा छुट्याउन गाह्रो हुने तथा दुर्घटनाको जोखिम बढ्ने गरेको गुनासो आएपछि ट्राफिक प्रहरीले सडकको दुईतर्फी साइडमा ड्रम राखी टल्किने (Reflective) स्टिकर जडान गरेको हो।

ट्राफिक प्रहरीका अनुसार रातको समयमा सवारी चालकलाई सडक स्पष्ट देखिने गरी गरिएको व्यवस्थापनले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

स्थानीयले ट्राफिक प्रहरीको पहलको प्रशंसा गर्दै आगामी दिनमा सडकलाई थप व्यवस्थित र स्थायी रूपमा सुधार गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला