निरीक्षण तथा नीति निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न
- सर्लाही, २६ माघ ।
- आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा निरीक्षण तथा नीति निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ।

सर्लाही, २६ माघ ।
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा निरीक्षण तथा नीति निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ।
मिति २०८२/१०/२६ गते करिब ११:४० बजे तालुक मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, धनुषा का कार्यालय प्रमुख श्रद्धेय प्रहरी नायव महानिरीक्षक (डिआइजी) गोविन्द थपलिया ज्यू द्वारा जिल्ला प्रहरी कार्यालय सर्लाही तथा मातहतका इलाका प्रहरी कार्यालयहरूमा कार्यरत निर्वाचन प्रहरीहरूलाई आवश्यक निर्देशन प्रदान गरिएको हो।
कार्यक्रममा डिआइजी थपलिया ज्यूले निर्वाचन सुरक्षामा खटिने सम्पूर्ण प्रहरीलाई निर्वाचन आचारसंहिता, मतदान स्थलमा अपनाउनु पर्ने सुरक्षा व्यवस्था, तथा मतगणनाको क्रममा निर्वाह गर्नुपर्ने भूमिका र जिम्मेवारी बारे विस्तृत जानकारी गराउनु भयो।
साथै उहाँले निर्वाचन सफल बनाउन प्रहरी आचरण, अनुशासन तथा निष्पक्षता कायम गर्दै जिम्मेवारीपूर्वक कार्य सम्पादन गर्न निर्देशन दिनु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
कार्यक्रमले निर्वाचन सुरक्षामा खटिने प्रहरीहरूको क्षमता अभिवृद्धि हुनुका साथै शान्ति सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ