सर्लाहीको मलंगवा नगरपालिका–४ स्थित शिवमन्दिर चोकमा आयोजित श्री श्री १०८
- श्री महावीर मण्डा मेलाको अवसरमा भव्य धार्मिक र्याली निकालिएको छ।
- र्यालीमा महिलाहरूको उल्लेख्य सहभागिता देखिनुका साथै हात–हातमा धार्मिक झण्डा बोकेर श्रद्धालुहरू नगर परिक्रमा गरेका थिए।
श्री महावीर मण्डा मेलाको अवसरमा भव्य धार्मिक र्याली निकालिएको छ। र्यालीमा महिलाहरूको उल्लेख्य सहभागिता देखिनुका साथै हात–हातमा धार्मिक झण्डा बोकेर
श्रद्धालुहरू नगर परिक्रमा गरेका थिए।
धार्मिक झाँकी, जयकारा, भजन–कीर्तन र पूजाआजासहित सम्पन्न र्यालीले सम्पूर्ण क्षेत्र भक्तिमय बनेको थियो। कार्यक्रममा स्थानीय बासिन्दा, साधु–सन्त तथा विभिन्न उमेर समूहका श्रद्धालुहरूको सक्रिय सहभागिता रहेको थियो।
आयोजक समितिका अनुसार महावीर मण्डा मेलाले धार्मिक आस्था, सामाजिक एकता र सांस्कृतिक पहिचानलाई मजबुत बनाउने विश्वास लिइएको छ। यस्ता धार्मिक कार्यक्रमले परम्पराको संरक्षणसँगै आपसी सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने आयोजकको भनाइ छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ