६ लेनमा विस्तारित पुलचोक-गोन्द्राङ सडकको प्रधानमन्त्री ओलीले गरे उद्घाटन

पावर अफ मधेश पावर अफ मधेश
शुक्रबार, बैशाख ५, २०८२
76 Views
६ लेनमा विस्तारित पुलचोक-गोन्द्राङ सडकको प्रधानमन्त्री ओलीले गरे उद्घाटन
समाचार सारांश
  • चितवन, बैशाख ५ ।
  • ६ लेनमा विस्तारित पुलचोक गोन्द्राङ सडकको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ ।

चितवन, बैशाख ५ । ६ लेनमा विस्तारित पुलचोक गोन्द्राङ सडकको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ ।

६ लेनमा विस्तारित ६.०८ किमी लामो पुलचोक–गोन्द्राङ सडकको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्नुभएको हो । प्रम ओलीले नै चार वर्ष अगाडि २०७७ माघ १७ गते सडक विस्तारको शिलान्यास गर्नुभएका थियो । भरतपुर महानगर प्रमुख रेनुको पहलमा संघीय सरकारको बजेमा सडक विस्तार गरिएको हो ।

सडकको उद्घाटन लगायत चितवन–नवलपुरका विभिन्न कार्यक्रममा सहभागी हुन प्रम ओली नेपालीको सेनाको हेलिकप्टरमा चितवन आउनुभएको थियो।

नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रम ओलीले यसअघि सुरुमा इच्छाकामना गाउँपालिकाको नयाँ प्रशासकिय भवनको उद्घाटन गर्नुभएको थियो । त्यसपछि भरतपुर आएर पुलचोक–गोन्द्राङ सडकको उद्घाटन गर्नुभएको हो ।

सुरूमा एक अर्ब १२ करोड रूपैयाँमा काम सक्ने गरी पुलचोक–गोन्द्राङ सडक विस्तारको जिम्मा इन्डो सगुन जेभीले पाएको हो । निर्माणका क्रममा लागत बढेर एक अर्ब ७६ करोड रूपैयाँ पुगेको हो । सडक विस्तारपछि भरतपुर ओरालोको उचाइ ६० सेन्टिमिटरदेखि १.२ मिटरसम्मले घटाइएको हो । सडकको दायाँ–बायाँ ११.५ ११.५ मिटरको एक्सप्रेस लेन रहेको छ । त्यसको बीचमा तीनदेखि चार मिटरको मेडियन छ, जहाँ दुबो र बिरूवा लगाइसकिएको छ ।

एक्सप्रेस लेनको छेउमा दुवैतर्फ ठूला नाली छन् । नालीभन्दा बाहिर दुवैतर्फ छ मिटरसम्मको सर्भिस लेन रहेको छ । सर्भिस लेनबाहिर दुवैतर्फ तीनदेखि चार मिटरको फुटपाथ रहेको छ । एक्सप्रेस लेन लामो दूरीका सवारीसाधन र सर्भिस लेन छोटो दूरीका सवारीसाधन सञ्चालनका लागि निर्माण गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला