‎चक्रघट्टा गाउँपालिकाको सौर्य बत्ती भ्रष्टाचार मुद्दामा पूर्व अध्यक्ष विक्रम यादवसहित १३ जनाले पाए सफाइ ‎

पावर अफ मधेश पावर अफ मधेश
सोमबार, आषाढ ८, २०८३
8 Views
समाचार सारांश
  • ‎चक्रघट्टा गाउँपालिकाको सौर्य बत्ती भ्रष्टाचार मुद्दामा पूर्व अध्यक्ष विक्रम यादवसहित १३ जनाले पाए सफाइ ‎मलंगवा, असार ८ — चक्रघट्टा गाउँपालिकामा आर्थिक वर्ष २०७८/०७९ मा जडान गरिएका सौर्य बत्तीसम्बन्धी भ्रष्टाचार (गैरकानुनी लाभ) मुद्दामा विशेष अदालतले पूर्व गाउँपालिका अध्यक्ष विक्रम यादवसहित १३ जना प्रतिवादीलाई सफाइ दिएको छ।
  • ‎ ‎विशेष अदालतमा दर्ता भएको मुद्दा नं.

‎चक्रघट्टा गाउँपालिकाको सौर्य बत्ती भ्रष्टाचार मुद्दामा पूर्व अध्यक्ष विक्रम यादवसहित १३ जनाले पाए सफाइ

‎मलंगवा, असार ८ — चक्रघट्टा गाउँपालिकामा आर्थिक वर्ष २०७८/०७९ मा जडान गरिएका सौर्य बत्तीसम्बन्धी भ्रष्टाचार (गैरकानुनी लाभ) मुद्दामा विशेष अदालतले पूर्व गाउँपालिका अध्यक्ष विक्रम यादवसहित १३ जना प्रतिवादीलाई सफाइ दिएको छ।

‎विशेष अदालतमा दर्ता भएको मुद्दा नं. ०८१-CR-०१२३ मा नेपाल सरकार वादी र विक्रम यादवसमेत प्रतिवादी रहेका थिए। अदालतको इजलास नं. २ का सदस्य माननीय न्यायाधीश श्री नारायणप्रसाद पौडेल र सदस्य माननीय न्यायाधीश श्री उमेश कोइराला को संयुक्त इजलासले २०८३ साल असार ८ गते उक्त मुद्दामा फैसला सुनाउँदै प्रतिवादीहरूलाई सफाइ दिएको हो।

 

‎अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चक्रघट्टा गाउँपालिकामा सौर्य बत्ती जडान कार्यमा अनियमितता भएको आरोपमा मुद्दा दायर गरेको थियो। अदालतको पछिल्लो फैसलासँगै उक्त मुद्दामा प्रतिवादीहरूलाई राहत पुगेको छ।

‎फैसलाको पूर्णपाठ सार्वजनिक भएपछि अदालतले सफाइ दिनुको आधार र कानुनी व्याख्या थप स्पष्ट हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला