नेपाल विद्युत प्राधिकरणको सूचना : यी क्षेत्रमा केही दिन बिजुली जाने

पावर अफ मधेश पावर अफ मधेश
आइतबार, जेठ १०, २०८३
17 Views
समाचार सारांश
  • २१ माघ, काठमाडौं ।
  • काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा आजदेखि विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

२१ माघ, काठमाडौं ।

काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा आजदेखि विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले वितरण लाइन भूमिगत गर्ने कार्यका लागि फरक–फरक दिन विभिन्न क्षेत्रमा विद्युत सेवा बन्द गर्न लागेको जनाएको हो ।

प्राधिकरणले सूचना जारी गर्दै आजदेखि माघ २९ गतेसम्म बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने जानकारी दिएको छ । कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि सेवा प्रभावित हुने बताइएको छ ।

प्राधिकरणका अनुसार आज टंगाल वितरण केन्द्रअन्तर्गत भत्केको पुल क्षेत्र, मंगलबार कलंकी फिडरअन्तर्गत कलंकी मालपोत कार्यालय आसपास, बुधबार बालकुमारी, इमाडोल तथा लुभु क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुनेछ ।

यस्तै बिहीबार नैकापदेखि बलम्बुसम्म, २५ गते शुक्रबार बल्खु चोकदेखि चोभार गेटसम्म, २७ गते बाबा चोकदेखि क्रिकेट स्टेडियमसम्म, २८ गते गोशाला चोकदेखि पुरानो बानेश्वरसम्म तथा २९ गते रोतोपुलदेखि गौशालासम्मका क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले लाइन भूमिगत गर्ने कार्यलाई तीव्रता दिन अस्थायी रूपमा सेवा अवरुद्ध गर्न लागिएको भन्दै सेवाग्राहीलाई आवश्यक तयारी गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सफलताको कथा — सुरक्षित मातृत्व कार्यक्रम प्रदेश अस्पताल मलंगवा, मधेश प्रदेश
सफलताको कथा — सुरक्षित मातृत्व कार्यक्रम प्रदेश अस्पताल मलंगवा, मधेश प्रदेश
वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ तथा डुङ्गा सयर
वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ तथा डुङ्गा सयर
राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल हुन सक्छ : रामकुमारी झाँक्री
दासताविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
दासताविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
आज २०८१ साल फागुन २६ गते सोमबारको राशिफल
आज २०८१ साल फागुन २६ गते सोमबारको राशिफल
सशक्त प्रतिपक्ष बन्न ओलीको निर्देशन
निर्वाचनमा सहभागी दलहरूलाई अनुशासनमा रहन आग्रह
प्रयास असफल, रास्वपामा रविको स्पष्ट सन्देश
आर्थिक विधेयकमा हेरफेर र गाडी आयातबारे अर्थमन्त्रीको सचिवालयले भन्यो : नियोजित दुष्प्रचार मात्रै
बरहथवामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन उद्घाटन
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला