डेटा सेन्टरको हब बन्दै नेपाल, नीति नियममा अझै अन्योल

पावर अफ मधेश पावर अफ मधेश
बिहिबार, जेठ ७, २०८३
42 Views
समाचार सारांश
  • काठमाडौँ — ललितपुरको नक्खुस्थित एनसेलको डेटा सेन्टर आसपासका गल्लीहरूमा समय बिताउन कठिन हुन्छ ।
  • केही मिनेट उभिँदा नै लुगा, अनुहार, नोटबुक जताततै धूलोको पत्रै–पत्र जमिसक्छन् ।

काठमाडौँ — ललितपुरको नक्खुस्थित एनसेलको डेटा सेन्टर आसपासका गल्लीहरूमा समय बिताउन कठिन हुन्छ । केही मिनेट उभिँदा नै लुगा, अनुहार, नोटबुक जताततै धूलोको पत्रै–पत्र जमिसक्छन् । निरन्तर कुदिरहने ट्रक र व्यस्त रहने विभिन्न थरी मेसिनको आवाजबीच पर्खालछेउ उभिएका सेक्युरिटी गार्डहरूले सो स्थानमा निरन्तर पहरा दिइरहेका देखिन्छन् ।

पर्खालभित्रका संरचनामा सर्भरहरू, तिनलाई चिस्याउने प्रणाली र बत्ती गएका बेला चालु हुने गरी तयारी अवस्थामा राखिएका डिजेल जेनेरेटरहरूको लामो लाइन छ । सो संरचना बन्दै गर्दा ललितपुरको वडा नं ४ र जोडिएको वडा नं १६ का बासिन्दालाई यस्तो किसिमको सेन्टर बन्दै छ भन्ने थाहा रहेनछ ।

‘सरजमिन गर्ने बेला हामीसँग दस्तखत लिँदा त वेयरहाउस अर्थात् गोदाम बनाउने भनेर लिइएको हो,’ वडा नं ४ स्थित एकता टोल विकास संस्थाकी अध्यक्ष ज्योत्सना गुप्ताले भनिन्, ‘पछि त यहाँ यत्रो ठूलो डेटा सेन्टर पो बन्यो, हामीसँग वडा समितिहरू कसैले पनि सल्लाह र छलफल गरेनन् ।’

डेटा सेन्टरकै सँधियारका छिमेकी गोपाल डंगोलका अनुसार उनीसँग अनुमति लिँदा पनि त्यहाँ थप टहरा बनाउने भनेर कागजात देखाइएको थियो । ‘कुनै पनि निर्माण कार्य गर्दा नक्सा पास र छिमेकीको मञ्जुरीनामा अनिवार्य चाहिने भएकाले उनीहरू मकहाँ पनि आएका थिए,’ डंगोलले भने, ‘मैले कागजात हेर्दा त्यसमा टहरा बनाउने उल्लेख थियो । त्यही देखेर मैले मञ्जुरीनामा दिएको थिएँ ।’ निर्माण कार्य सुरु भएपछि कामदारहरूसँग बुझ्दा त्यहाँ डिजेल जेनेरेटर राख्ने भवन बनाइएको र त्यो ‘टहरा’ निकै ठूलो परियोजना हो भन्ने थाहा पाएको डंगोलले बताए ।

विरोध सुरु हुन थालेपछि एनसेलले वडा ४ का बासिन्दासँग बैठक आयोजना गरेको र त्यसमा कुनै सहमति हुन नसकेको स्थानीय बताउँछन् । त्यस ठाउँबाट कुनै विकिरणको जोखिम नहुने भनिए पनि आफू र अन्य छिमेकीहरू विश्वस्त हुन नसकेको डंगोलको गुनासो छ । स्थानीयले आपत्ति जनाए पनि ललितपुर महानगरपालिकाले निर्माण स्वीकृति दिएको र त्यसलाई लिएर आजसम्म पनि आफूहरूले विरोध जनाइरहेको डंगोलले बताए ।

जे बनाउने भनेर सुरु गरिएको थियो र अन्तमा जे बनाइयो, यसले स्थानीयवासीसँगको मनमुटावलाई मात्रै होइन, सरकारले ठूलो स्तरमा विस्तार गर्न सकिने क्षेत्रका रूपमा प्राथमिकतामा राखेको, डेटा सेन्टरको विषयले आगामी दिनमा के–कस्तो तरंग र प्रभाव सिर्जना गर्न सक्छ भन्ने संकेत पनि गर्छ । नवगठित रास्वपा सरकारले सार्वजनिक गरेका सयबुँदे क्रियाकलाप, प्रतिबद्धता पत्रजस्ता दस्ताबेजहरूमा एआई र डेटा सेन्टरलाई देशको आर्थिक रूपान्तरण र आधुनिक पूर्वाधारको मुख्य आधारका रूपमा उल्लेख गरिएको छ ।

ललितपुर वडा नं १६ मा वर्षौंदेखि स्टिलको कारखाना सञ्चालन गर्दै आएका बाबुराजाका अनुसार एनसेलको डेटा सेन्टर निर्माण हुँदा नै चर्को विरोध भएको थियो । ‘रातको समयमा ती मेसिनहरूबाट आउने आवाज यति चर्को हुन्छ कि घरै थर्किन्छ,’ उनले भने, ‘त्यहाँबाट दिनहुँ कालो धूवाँ निस्कन्छ ।’ सेन्टरको अघिल्तिर घर भएका रामकृष्ण राउतले भने, ‘एकदमै डिस्टर्ब गर्छ । चौबिसै घण्टा आवाज आउँछ । अन्त कतै लगिदिए राम्रो हुन्थ्यो ।’

सबै स्थानीयवासीको एउटै गुनासो भने छैन । कतिपयलाई डेटा सेन्टरभन्दा सवारीसाधनको धूवाँ र ध्वनि प्रदूषणले हैरान पारेको छ । वडा १३ का बासिन्दा अमर श्रेष्ठको अनुभवमा निरन्तर दौडिने टिपर र ट्रकहरूले कुलिङ फ्यानभन्दा ठूलो आवाज निकाल्छन् । सवारीसाधनको धूवाँका कारण नक्खु आसपास गर्मी बढी हुने उनको बुझाइ छ । ‘डेटा सेन्टरको छेउमै बस्नेहरूलाई चाहिँ गर्मीभन्दा ध्वनि प्रदूषणले बढी दिक्क बनाउँछ,’ उनले थपे । यो पूर्वाधार बनाउँदा आफूहरूलाई सत्य/तथ्य जानकारी नदिएको विषयमा भने दुवै वडाका बासिन्दा एकमत छन् ।

गुप्ताको चिन्ता भने ध्वनि वा धूवाँ मात्र होइन । ‘यस प्रकारको उच्च जोखिम पूर्वाधार बाक्लो जनसंख्या भएको सहरी क्षेत्रको बीचमा हुनु हुँदैन,’ उनले भनिन् । तर, गुप्ताको यो राय जायज मान्ने वा जायज होइन भनेर तथ्यांकसहित प्रमाणित गर्ने कुनै नियामकीय संरचना नेपालमा छैनन् ।

द काठमान्डु पोस्टले सोधेको प्रश्नहरूको जवाफमा एनसेलले यो सुविधा ललितपुर महानगरपालिकाबाट पूर्ण स्वीकृति लिएर निर्माण गरिएको, अन्तर्राष्ट्रिय रूपमै प्रमाणीकरण भएको र सूचना प्रविधि विभागद्वारा औपचारिक रूपमै देशको पहिलो प्रमाणित डेटा सेन्टरका रूपमा २०२५ को निर्देशनअन्तर्गत स्थापना गरिएको बताएको छ । ‘डेटा सेन्टरले कुनै पनि हानिकारक विकिरण प्रवाह गर्दैन,’ कम्पनीले आधिकारिक इमेलमार्फत भनेको छ । तर निर्माण सुरु हुनुभन्दा पहिले डंगोल र गुप्ताजस्ता सँधियार र स्थानीयवासीलाई हस्ताक्षर गर्न लगाइएको भनिएको कागजात र आफ्नो अनुगमनसम्बन्धी तथ्यांक उपलब्ध गराउन गरिएका अनुरोधका विषयमा भने एनसेलले कुनै प्रतिक्रिया दिएन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्व सम्पदा दिवस मनाइँदै
विश्व सम्पदा दिवस मनाइँदै
राप्ती- १० मा निःशुल्क स्वास्थ्य परिक्षण, २८६ जनाले लिए लाभ
राप्ती- १० मा निःशुल्क स्वास्थ्य परिक्षण, २८६ जनाले लिए लाभ
आईसीसी टी–२०आई अलराउन्डर वरियतामा दीपेन्द्र चौथो स्थानमै कायम
दासताविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
दासताविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
रत्ननगरमा ज्येष्ठ नागरिकहरुका लागि कानुनी सचेतनासम्बन्धी अभिमुखीकरण
रत्ननगरमा ज्येष्ठ नागरिकहरुका लागि कानुनी सचेतनासम्बन्धी अभिमुखीकरण
मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै
मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै
देउरालीसम्म गाडी चलेपछि हट्यो दिनभर हिड्नुपर्ने बाध्यता
देउरालीसम्म गाडी चलेपछि हट्यो दिनभर हिड्नुपर्ने बाध्यता
ट्राफिक प्रहरी सर्लाहीले कौडेना–३ पर्सास्थित कच्ची सडकमा सुरक्षा व्यवस्थापन
अभियोगमा प्रमाण नपुग्दा केपी शर्मा ओली रिहा, सरकारमाथि प्रतिशोधको आरोप
उपसभामुख निर्वाचनमा रास्वपाको राप्रपालाई समर्थन
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला