सर्लाही प्रहरीलाई पाँच नयाँ सवारी साधन प्राप्त, शान्ति सुरक्षामा थप सहज हुने

पावर अफ मधेश पावर अफ मधेश
आइतबार, चैत्र १, २०८२
28 Views
समाचार सारांश
  • मलंगवा, — शान्ति सुरक्षा कायम गर्न चौबिसै घण्टा खटिँदै आएको प्रहरीलाई प्रायः सवारी साधनको अभाव खेप्नुपर्दै आएको अवस्थामा सर्लाही प्रहरीले पाँचवटा नयाँ सवारी साधन प्राप्त गरेको छ।
  • भर्खरै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मुखमा सर्लाही प्रहरीले उक्त सवारी साधन प्राप्त गरेको हो।

मलंगवा,

शान्ति सुरक्षा कायम गर्न चौबिसै घण्टा खटिँदै आएको प्रहरीलाई प्रायः सवारी साधनको अभाव खेप्नुपर्दै आएको अवस्थामा सर्लाही प्रहरीले पाँचवटा नयाँ सवारी साधन प्राप्त गरेको छ।

भर्खरै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मुखमा सर्लाही प्रहरीले उक्त सवारी साधन प्राप्त गरेको हो। प्राप्त सवारीमध्ये तीनवटा जिल्ला प्रहरी कार्यालय मलंगवाका लागि, एउटा इलाका प्रहरी कार्यालय लालबन्दीका लागि र अर्को इलाका प्रहरी कार्यालय हरकठवाका लागि उपलब्ध गराइएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका लागि एउटा बोलेरो पिकअप, एउटा भ्यान र एउटा स्कारपियो पिकअप प्राप्त भएको छ। त्यस्तै इलाका प्रहरी कार्यालय लालबन्दी तथा इलाका प्रहरी कार्यालय बरहथवा मातहत रहेको ‘ख’ वर्गको इलाका प्रहरी कार्यालय हरकठवामा एक–एक वटा पिकअप उपलब्ध गराइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।

प्रहरीका अनुसार नयाँ सवारी साधन प्राप्त भएसँगै जिल्लामा हुने विभिन्न घटना तथा दुर्घटनामा तुरुन्तै पुग्न र नियमित गस्ती सञ्चालन गर्न थप सहज हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला