मलंगवा इन्जिनियर हत्या अपटेड;

पावर अफ मधेश पावर अफ मधेश
शुक्रबार, फाल्गुन १५, २०८२
316 Views
समाचार सारांश
  • मलङगवा सव – इन्जिनियरको हत्या प्रकरणमा एक पुरुषलाई भारतबाट पक्राउ गरि नेपाल ल्याइएको छ ।
  • फागन ३ गते सर्लाही सदरमुकाम मलङगवा स्थित रहेको पुर्वाधार विकास कार्यालयमा कार्यरत सव इन्जिनियर प्रमोद कुमार यादवको गोली हानी हत्या भएको थियो ।

मलङगवा सव – इन्जिनियरको हत्या प्रकरणमा एक पुरुषलाई भारतबाट पक्राउ गरि नेपाल ल्याइएको छ ।

फागन ३ गते सर्लाही सदरमुकाम मलङगवा स्थित रहेको पुर्वाधार विकास कार्यालयमा कार्यरत सव इन्जिनियर प्रमोद कुमार यादवको गोली हानी हत्या भएको थियो । हत्या प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले महोत्तरीको रामगोपालपुर नगरपालिकाका गणेश महतोलाई पक्राउ गरेको हो ।

उनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले भारतबाट पक्राउ गरी नेपाल ल्याएको छ । महतोले भारतीय सुटर प्रयोग गरी सव इन्जिनियरको हत्या गराएको प्रहरीको आशंका छ ।

पक्राउ परेका महतो मृतक यादवसँगैको लोकसेवाका वैकल्पिक उम्मेदवार रहेको र सरकारी जागिरका लागि मुख्य दाबेरदार हुने लोभमा उनको हत्या गराइएको हुनसक्ने प्रहरीको आशंका छ ।

पक्राउ परेका महतोमाथि अनुसन्धानका लागि अदालतबाट १५ दिनको म्याद लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला