४३ जिल्लामा सेनामार्फत निर्वाचन सामग्री ढुवानी
- काठमाडौं, १० फागुन — नेपाली सेना ले देशका ४३ जिल्लामा निर्वाचन सामग्री सफलतापूर्वक पुर्याएको जनाएको छ।
- निर्वाचन पूर्वतयारीअन्तर्गत सेनाले देशभर सामग्री ढुवानी कार्यलाई तीव्र बनाएको हो।

काठमाडौं, १० फागुन — नेपाली सेना ले देशका ४३ जिल्लामा निर्वाचन सामग्री सफलतापूर्वक पुर्याएको जनाएको छ। निर्वाचन पूर्वतयारीअन्तर्गत सेनाले देशभर सामग्री ढुवानी कार्यलाई तीव्र बनाएको हो।
सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेत का अनुसार ४३ जिल्लामा आवश्यक निर्वाचन सामग्री पुगिसकेको छ भने बाँकी जिल्लाहरूमा पुर्याउने कार्य जारी छ। उनका अनुसार हाल १२ जिल्लामा सामग्री ढुवानी भइरहेको छ र त्यसपछि बाँकी २२ जिल्लामा सामग्री पुर्याइनेछ।
तीन हिमाली जिल्ला — हुम्ला, मुगु र डोल्पा — मा हवाई मार्गबाट सामग्री ढुवानी गरिएको छ। विशेषगरी डोल्पामा आइतबार सेनाको ‘स्काई ट्रक’ मार्फत मतपत्र, मतपेटिका, मसी मार्कर, स्वस्तिक छाप, स्टिकर तथा रंगिन मतदाता नामावलीलगायत सामग्री पुर्याइएको प्रवक्ता बस्नेतले जानकारी दिए।
अब मनाङ र मुस्ताङ मा पनि हवाई साधनमार्फत निर्वाचन सामग्री ढुवानी गर्ने तयारी रहेको सेनाले जनाएको छ।
निर्वाचनलाई सुरक्षित, व्यवस्थित र समयमै सम्पन्न गराउने उद्देश्यले सेनाले दुर्गम तथा हिमाली जिल्लाहरूमा विशेष प्राथमिकताका साथ सामग्री ढुवानी गरिरहेको बताइएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ