अनुचित सवारी प्रयोग गर्ने उम्मेदवारलाई २५ हजारसम्म जरिवाना
- Nepalese rupee is the official currency of Nepal.
- काठमाडौं, २२ माघ ।

काठमाडौं, २२ माघ ।
निर्वाचन प्रचारप्रसारका क्रममा अनुचित ढंगले सवारीसाधन प्रयोग गर्ने उम्मेदवारलाई २५ हजार रुपैयाँसम्म जरिवाना हुने भएको छ । निर्वाचन आयोगले तोकेको संख्याभन्दा बढी सवारीसाधन प्रयोग गरेमा कारबाही हुने जनाएको छ ।
आयोगका अनुसार निर्वाचन प्रचारप्रसारको क्रममा कुनै राजनीतिक दल, उम्मेदवार, निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले आयोगले तोकेको संख्याभन्दा बढी सवारीसाधन प्रयोग गर्न पाउने छैनन् । आयोग वा निर्वाचन अधिकृतबाट अनुमति प्राप्त बाहेक अन्य सवारीसाधन प्रयोग गर्न वा गराउन नपाइने व्यवस्था गरिएको छ ।
यसैगरी, सरकारी स्वामित्वमा रहेका सवारीसाधनहरू निर्वाचन प्रचारप्रसारका लागि प्रयोग गर्न नपाइने स्पष्ट प्रावधान रहेको आयोगले जनाएको छ । नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा सरकारी निकायका सवारीसाधन प्रयोग गरी प्रचारप्रसार गरिएमा सम्बन्धित उम्मेदवार वा दललाई कानुनअनुसार कारबाही गरिने आयोगको भनाइ छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन यस्तो व्यवस्था गरिएको भन्दै आयोगले सबै राजनीतिक दल तथा उम्मेदवारलाई नियमको पालना गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ