नेपालमा विदेशी पर्यटक आगमन उल्लेख्य वृद्धि, जनवरीमै १५.७ प्रतिशतले उकालो

पावर अफ मधेश पावर अफ मधेश
सोमबार, माघ १९, २०८२
143 Views
समाचार सारांश
  • काठमाडौं ।
  • सन् २०२६ को सुरुवाती महिनामै नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमन उत्साहजनक रूपमा बढेको छ।

काठमाडौं ।

सन् २०२६ को सुरुवाती महिनामै नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमन उत्साहजनक रूपमा बढेको छ। जनवरी महिनामा नेपाल प्रवेश गर्ने विदेशी पर्यटकको संख्या ९२ हजार ५७३ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.७ प्रतिशतले बढी हो।

नेपाल पर्यटन बोर्डका अनुसार कोभिड–१९ अघि सन् २०१९ को जनवरीसँग तुलना गर्दा पनि यस वर्षको आगमन १४ प्रतिशतले अगाडि देखिएको छ। यसले महामारीपछि नेपालको पर्यटन क्षेत्र क्रमशः सबल बन्दै गएको संकेत गर्छ।

जनवरी महिनामा नेपाल भ्रमण गर्ने पर्यटकमध्ये सबैभन्दा धेरै भारतबाट आएका छन्। भारतबाट २६ हजार ६२४ पर्यटक नेपाल भित्रिएका छन्, जुन कुल आगमनको करिब २८.८ प्रतिशत हो। त्यसपछि चीनबाट ९ हजार १०१, अमेरिकाबाट ८ हजार ४०६, बंगलादेशबाट ५ हजार ८१४ र अस्ट्रेलियाबाट ४ हजार ९५७ पर्यटक आएका छन्।

क्षेत्रगत आधारमा हेर्दा सार्क राष्ट्रबाट ३९.३ प्रतिशत पर्यटक नेपाल आएका छन्। अन्य एसियाली देशको हिस्सा २६.१ प्रतिशत रहेको छ भने युरोपबाट १२.३ प्रतिशत र अमेरिकाबाट १०.८ प्रतिशत पर्यटक आगमन भएको छ। ओसियानियाबाट ५.७ प्रतिशत, मध्यपूर्वबाट १ प्रतिशत र अफ्रिकाबाट ०.४ प्रतिशत पर्यटक नेपाल आएका छन्।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले हाल देखिएको वृद्धिले अन्तर्राष्ट्रिय बजारमा नेपालप्रतिको विश्वास बलियो हुँदै गएको स्पष्ट पारेका छन्। उनका अनुसार गन्तव्य प्रवद्र्धन, हवाई सम्पर्क विस्तार, साहसिक तथा सांस्कृतिक पर्यटनप्रतिको बढ्दो आकर्षण र अन्तर्राष्ट्रिय स्तरमा नेपालको सकारात्मक छवि आगमन वृद्धिका मुख्य कारण हुन्।

यी तथ्यांकले नेपाललाई विश्व पर्यटन बजारमा ‘लाइफटाइम एक्सपिरियन्स डेस्टिनेसन’ को रूपमा स्थापित गर्ने दिशामा अघि बढाइरहेको संकेत गर्ने सीईओ जोशीको भनाइ छ।

प्रतिक्रिया

1 कमेन्ट

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा
आर्थिक अभावले शिक्षाबाट वञ्चित हुन पर्दैन : नगर प्रमुख रेग्मी
आर्थिक अभावले शिक्षाबाट वञ्चित हुन पर्दैन : नगर प्रमुख रेग्मी
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ हुँदै
आज २०८१ साल चैत ३ गते आइतबारको राशिफल
आज २०८१ साल चैत ३ गते आइतबारको राशिफल
मलंगवा आँख अस्पताल परिसरमा जनचेतनामूलक सूचना बोर्ड राखियो
रत्ननगर- १५ का सुत्केरीलाई पौष्टिक आहार : जीउदो कुखुराको भाले र घ्यू
रत्ननगर- १५ का सुत्केरीलाई पौष्टिक आहार : जीउदो कुखुराको भाले र घ्यू
प्रतिनिधिसभा बैठक बस्दै
प्रतिनिधिसभा बैठक बस्दै
सर्लाहीमा फागुन १८ देखि २२ गतेसम्म मदिरा बिक्री–वितरण बन्द गरिने’
पशुपतिनाथमा हर्क साम्पाङको श्रमदान, मन–तन–वातावरण सरसफाइमा जोड
गणतन्त्र दिवसको समारोहमा पूर्वप्रधानमन्त्रीहरुको शून्य उपस्थिति, बोलाइएन कि गएनन् ?

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?