सुनको मूल्यले तोड्यो सबै रेकर्ड, तोलामा ३ लाख ९ हजार पुग्यो
- काठमाडौं ।
- नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

काठमाडौं । नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा एकैदिन ५ हजार २ सय रुपैयाँले वृद्धि भई ३ लाख ९ हजार रुपैयाँ कायम भएको हो।
यसअघि आइतबार सुनको कारोबार मूल्य तोलाको ३ लाख ३ हजार ८ सय रुपैयाँ रहेको थियो। पछिल्ला केही दिनयता सुनको मूल्य लगातार उकालो लाग्दै आएको छ। शुक्रबारसम्म सुन तोलाको ३ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। सोमबार चाँदी तोलाको ६ हजार ७ सय ६५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारको प्रभाव, लगानीकर्ताको बढ्दो आकर्षण र स्थानीय मागका कारण सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिन थालेको व्यवसायीहरूको भनाइ छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ