नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक

पावर अफ मधेश पावर अफ मधेश
बिहिबार, माघ १, २०८२
45 Views
समाचार सारांश
  • पावर अफ मधेश माघ १, २०८२ अमेरिकी विदेश मन्त्रालयले नेपालसहित विश्वका ७५ देशका नागरिकलाई लक्षित गर्दै आप्रवासी भिसा प्रक्रियामा अस्थायी रोक लगाएको छ।
  • मन्त्रालयले आगामी जनवरी २१ तारिखदेखि लागू हुने गरी यो निर्णय कार्यान्वयनमा ल्याएको हो।

पावर अफ मधेश

माघ १, २०८२

अमेरिकी विदेश मन्त्रालयले नेपालसहित विश्वका ७५ देशका नागरिकलाई लक्षित गर्दै आप्रवासी भिसा प्रक्रियामा अस्थायी रोक लगाएको छ। मन्त्रालयले आगामी जनवरी २१ तारिखदेखि लागू हुने गरी यो निर्णय कार्यान्वयनमा ल्याएको हो।

विदेश मन्त्रालयका अनुसार भिसा आवेदकहरूको स्क्रिनिङ तथा जाँच प्रक्रिया पुनरावलोकन नभएसम्म कन्सुलर अधिकारीहरूलाई विद्यमान कानुनी अधिकार प्रयोग गर्दै भिसा अस्वीकार गर्न निर्देशन दिइएको छ। यो रोक कति समयसम्म कायम रहने भन्ने विषयमा भने स्पष्ट समयसीमा तोकिएको छैन। पुनरावलोकन प्रक्रिया सम्पन्न भएपछि मात्र यो व्यवस्था हटाइने जनाइएको छ।

मन्त्रालयले जारी गरेको सूचनामा आप्रवासीहरू अमेरिका प्रवेश गरेपछि सरकारी सहयोगमा निर्भर हुने सम्भावना कम गर्न तथा आप्रवासनसम्बन्धी कानुनहरूको कडाइका साथ कार्यान्वयन सुनिश्चित गर्न यो कदम चालिएको उल्लेख गरिएको छ।

नयाँ निर्देशिकाअनुसार अब भिसा अधिकारीहरूले आवेदकको उमेर, स्वास्थ्य अवस्था, आर्थिक हैसियत, अंग्रेजी भाषा ज्ञान तथा दीर्घकालीन चिकित्सा उपचारको आवश्यकता जस्ता विषयहरूलाई विशेष प्राथमिकताका साथ मूल्याङ्कन गर्नेछन्।

यो व्यवस्था नेपालसहित बंगलादेश, अफगानिस्तान, पाकिस्तान, भुटान, ब्राजिल, थाइल्याण्ड, इरान, इराक, नाइजेरिया, यमनलगायत ७५ देशका नागरिकहरूमा लागू हुनेछ।

अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको सूचीमा अफगानिस्तान, अल्बानिया, अल्जेरिया, आर्मेनिया, बहामास, बंगलादेश, भुटान, ब्राजिल, कम्बोडिया, इजिप्ट, इथियोपिया, घाना, हाइटी, इरान, इराक, नेपाल, पाकिस्तान, रुस, सोमालिया, सिरिया, थाइल्याण्ड, ट्युनिसिया, युगान्डा, उज्वेकिस्तान, यमनलगायत अन्य देशहरू समावेश छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसम : यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह
आजको मौसम : यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह
समानुपातिकतर्फ २ करोडभन्दा बढी मतपत्र छपाइ सम्पन्न
सर्वोच्च अदालत जाने कांग्रेस निवर्तमान सांसदहरूको कार्यक्रम रोकियो
जागिरे मानसिकताबाट उद्यमशीलता तर्फ: अबका युवा ‘रोजगारी खोज्ने होइन, दिने’ बन्नुपर्छ – वेद प्रकाश झा
नेपाल–चीन यू–२० महिला फुटबल मैत्रीपूर्ण खेल दशरथ रंगशालामा हुने
सर्लाही क्षेत्र नम्बर ४ मधुवनी मा
रत्ननगर उवा संघमा हानको नवनिर्वाचित समितिलाई बधाई तथा स्वागत
रत्ननगर उवा संघमा हानको नवनिर्वाचित समितिलाई बधाई तथा स्वागत
प्रतिनिधिसभा बैठक बस्दै
प्रतिनिधिसभा बैठक बस्दै
मलंगवा नगरपालिकाको १५औँ नगर सभा विभिन्न प्रस्ताव पारित गर्दै
प्रतिनिधिसभामा रास्वपाको बलियो उपस्थिति, राष्ट्रिय सभामा पुराना दलको प्रभाव

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?