धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न जिल्ला प्रशासनको आग्रह

पावर अफ मधेश पावर अफ मधेश
बुधबार, पौष २३, २०८२
246 Views
समाचार सारांश
  • सर्लाही, मलंगवा ।
  • तराई–मधेशका केही जिल्लामा पछिल्लो समय धार्मिक सहिष्णुता तथा सामाजिक सद्भावमा खलल पुग्ने खालका गतिविधि देखिन थालेपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।


सर्लाही, मलंगवा ।
तराई–मधेशका केही जिल्लामा पछिल्लो समय धार्मिक सहिष्णुता तथा सामाजिक सद्भावमा खलल पुग्ने खालका गतिविधि देखिन थालेपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
जिल्ला प्रशासनले सबै जातजाति, भाषा, धर्म, लिङ्ग तथा वर्गका नागरिकलाई संयमित भई धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई अक्षुण्ण राख्दै शान्ति–सुरक्षा कायम गर्न सहयोग गर्न आग्रह गरेको छ। नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक मुलुक भएकाले एक–अर्काको धार्मिक आस्था, विश्वास र अस्तित्वको सम्मानबाट मात्रै राष्ट्र र समाजको विकास सम्भव हुने प्रशासनको भनाइ छ।
प्रेस विज्ञप्तिमा धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने खालका गतिविधि, उत्तेजक अभिव्यक्ति तथा अफवाह फैलाउने सामग्री सामाजिक सञ्जाल तथा सञ्चार माध्यममार्फत सम्प्रेषण नगर्न पत्रकार तथा सञ्चारकर्मीहरूलाई समेत अनुरोध गरिएको छ। यस्ता गतिविधिमा संलग्न पाइए कानुन बमोजिम कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
यसैगरी जिल्लास्थित सबै स्थानीय तहमा स्थानीय शान्ति तथा सामाजिक सद्भाव समिति गठन गरी सक्रिय बनाइने, सबै पक्षसँग समन्वय गर्दै शान्ति–सुव्यवस्था कायम राख्ने निर्णय गरिएको छ। शान्ति सुरक्षाको अवस्था मजबुत बनाउन आवश्यक परे जिल्ला प्रशासन कार्यालयबाट विशेष विज्ञप्ति जारी गरिने पनि प्रशासनले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी रामु राज कडरिया द्वारा जारी विज्ञप्तिमा सबै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न पुनः आग्रह गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसपा नेपाल सर्लाहीले स्थानीय जनप्रतिनिधिलाई साेध्याे २४ घण्टे स्पष्टीकरण
नेपालमा विदेशी पर्यटक आगमन उल्लेख्य वृद्धि, जनवरीमै १५.७ प्रतिशतले उकालो
प्रतिनिधिसभा निर्वाचन : २८९० उम्मेदवारको जमानत जफत, ३५० जनाले एक मत पनि पाएनन्
World Educare Lucky Draw कार्यक्रम पूर्ण पारदर्शी तथा निष्पक्ष र मर्यादित रूपमा सम्पन्न, विजेताहरू घोषणा
कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्रीको निर्देशन
कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्रीको निर्देशन
ट्रम्पले सहयोग रोकेपछि युक्रेनमा रुसको आक्रमण : ६ बालबालिकासहित २५ जनाको मृत्यु
ट्रम्पले सहयोग रोकेपछि युक्रेनमा रुसको आक्रमण : ६ बालबालिकासहित २५ जनाको मृत्यु
प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै
रत्ननगर- १२ का सुकुम्बासीलाई लालपुर्जा वितरण
रत्ननगर- १२ का सुकुम्बासीलाई लालपुर्जा वितरण
सोसल मिडियाको स्टण्टबाजीले जनमत भ्रमित भइरहेको छ : प्रचण्ड
चिसोबाट राहत दिन मलंगवा नगर संरक्षण तथा सुधार समितिद्वारा निःशुल्क दाउरा वितरण
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला