३०औं वन्यजन्तु सप्ताह : बुढ़ीराप्ती नदी सरसफाईमा एमालेको साथ

पावर अफ मधेश पावर अफ मधेश
बिहिबार, बैशाख ४, २०८२
65 Views
३०औं वन्यजन्तु सप्ताह : बुढ़ीराप्ती नदी सरसफाईमा एमालेको साथ
समाचार सारांश
  • रत्ननगर, बैशाख ४ ।
  • ३०औं वन्यजन्तु सप्ताह अन्तर्गत विहीबार बुढीराप्ती नदी सरसफाई गरिएको छ ।

रत्ननगर, बैशाख ४ । ३०औं वन्यजन्तु सप्ताह अन्तर्गत विहीबार बुढीराप्ती नदी सरसफाई गरिएको छ ।

बाघमारा मध्यवर्ती सामुदायिक वन र चित्रसेन मध्यवर्ती सामुदायिक वनले आयोजना गरेको उक्त कार्यक्रममा नेकपा एमालेले पनि संस्थागत रुपमै सहभागिता जनाएर साथ दिएको छ ।

मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति तथा संरक्षणमा सरोकार राख्ने अन्य संघसंस्थाहरूको समन्वयमा “बुझौ बन्यजन्तुको आनिबानी, घटाऔं मानबसँगको दन्द र हानि नोक्सानी” भन्ने मूल नाराका साथ मनाउन लागेको सप्ताहब्यापी कार्यक्रम अन्तर्गत बढी राप्ती नदी सरसफाई गरिएको हो । उक्त कार्यक्रममा नेकपा एमाले रत्ननगर-६ ले पार्टीका बागमती प्रदेश कमिटी सदस्य तथा रत्ननगर इन्चार्ज टिका पौडेलको प्रमुख नेतृत्वमा बूढ़ी राप्ती खोला सरसफाइ कार्यक्रमममा सहभागिता भएको हो ।

कार्यक्रममा चितवन जिल्ला कमिटी सदस्य तथा वडा इन्चार्ज दुर्गा प्रसाद घिमिरे, जिल्ला कमिटी सदस्य बिन्दा कार्की, रत्ननगर-६ का वडा अध्यक्ष रामचन्द्र सापकोटा, सचिव सरस्वती सापकोटा, वडा सदस्य सरिता बस्नेत, गोपीचन्द सापकोटा, मायादेवी घिमिरे, सुधन चौधरी, टीकाराम आचार्य, सूर्य तामाङ, साबित्री अर्याल, गोबिन्द ढुंगाना, सिंह बहादुर तामाङ, सुन बहादुर तामाङ, सुन्दिरा महतो लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थित रहेको थियो ।

कार्यक्रममा रत्ननगर वडा नं ४, ५, ६, ७, ८ र ९ का पार्टी नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Oli, Deuba and Prachanda holding crucial meeting today
Oli, Deuba and Prachanda holding crucial meeting today
बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
गोडैता वडा नं. ७ मा अधुरो विकासको कथा: हनुमान मन्दिर साइडको बाटो ८ वर्षदेखि किन अलपत्र?
सर्लाहीमा आमाको नामबाट अंगीकृत नागरिकता वितरण’
गगन थापा सर्लाही आउनु मधेसको सौभाग्य, अब कांग्रेसले दुईतिहाइ सिट जित्छ: महेन्द्र यादव (भिडिओ वार्ता)
२०८४ को स्थानीय निर्वाचनका लागि गोडैता नगर प्रमुखमा दीपेन्द्र सराफ भावी उम्मेदवार
समयमा काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्ट पूर्ण
समयमा काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्ट पूर्ण
वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बाहिरियो
वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बाहिरियो
जुटपानी एकाडेमीमा निःशुल्क दन्त शिविर
जुटपानी एकाडेमीमा निःशुल्क दन्त शिविर
मलंगवा इन्जिनियर हत्या अपटेड;

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?