आज २०८१ साल चैत २२ गते शुक्रबारको राशिफल

पावर अफ मधेश पावर अफ मधेश
शुक्रबार, चैत्र २२, २०८१
60 Views
आज २०८१ साल चैत २२ गते शुक्रबारको राशिफल
समाचार सारांश
  • आज २०८१ साल चैत २२ गते शुक्रबार चैत शुक्ल पक्षको सप्तमी तिथि।
  • तदनुसार सन् २०२५ अप्रिल ४ तारिख।

आज २०८१ साल चैत २२ गते शुक्रबार चैत शुक्ल पक्षको सप्तमी तिथि। तदनुसार सन् २०२५ अप्रिल ४ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। साथीको सहयोग मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। शिक्षाको क्षेत्रमा अवरोध सिर्जना हुने जोखिम छ। व्यापारमा गरेको लगानीबाट राम्रो फाइदा हुनेछ।

वृष : दिन राम्रो छ। परिवारबाट खुशी मिल्नेछ। स्वास्थ्यमा सुधार हुने योग छ। राम्रो बन्न मन लाग्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। कर्ममा विश्वास गर्नुपर्ने दिन छ।

मिथुन : अनावश्यक खर्च बढ्ने भएकाले सचेत बन्नुपर्नेछ। कम बोल्नु फाइदा हुनेछ। परिवारसँग भने रमाइलो गर्ने अवसर मिल्नेछ। बोली र व्यवहारमा एकरुपता नहुँदा समस्या बढ्नसक्ने जोखिम छ।

कर्कट : व्यापारमा लाभ हुने योग छ। मिठो खान पाउने अवसर प्राप्त हुनेछ। परिवारबाट खुशी मिल्नेछ। आज ठुलो कामको सुरुवात गर्नु राम्रो हुनेछ। खानपानमा ख्याल नगर्दा रोगले सताउने जोखिम छ।

सिंह : सोचेको काम बन्नेछ। व्यापार बढ्नेछ। आम्दानीका दृष्टिले दिन राम्रो छ। परिवारमा मेलमिलाप हुनेछ। काममा हौसला प्राप्त हुने योग छ। परिवारले भन्दा बाहिरका साथीको सहयोग मिल्नेछ।

कन्या : मन अशान्त बन्ने जोखिम छ। सोचेका काममा अवरोध सिर्जना हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। परिवारसँग रमाइलो घुमघामको अवसर मिल्नेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ।

तुला : दिन मध्यम छ। स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्नेछ। श्रमको मूल्य अरुले नै पाउने जोखिम छ। परिवारमा खटपटी बढ्ने जोखिम छ। हरेक काममा मिहिनेतको खाँचो देखिन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा फाइदा हुनेछ।

वृश्चिक : धन प्राप्त हुनेछ। व्यापारबाट खुशी मिल्नेछ। प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ। सहकर्मीबाट साथ र सहयोग प्राप्त हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

धनु : मन शान्त बन्नेछ। रोगसँग लड्ने क्षमता बढ्नेछ। विपक्षी समूह सक्रिय रहेकाले सचेत बन्नुपर्नेछ। परिवारको साथमा छोटो घुमघाम तय हुनेछ। राज्यले सेवाको अवसर प्रदान गर्नेछ।

मकर : यात्रामा जोखिम हुने खतरा छ। लामो यात्रा नगर्नु होला। अनुत्पादक क्षेत्रमा खर्च बढ्नेछ। विश्वास गरेका साथीसमेत विपक्षी कित्तामा पुगेकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नुपर्नेछ।

कुम्भ : आज मन अशान्त बन्ने जोखिम छ। स्वास्थ्यमा जोखिम बढ्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारमा खटपटी बढ्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ।

मीन : मनमा झन्झट बढ्नेछ। हरेक काममा अवरोध भए पनि मिहिनेत गर्नुपर्नेछ। संकटमा परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। स्वास्थ्यमा सुधार हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेन–जी प्रदर्शनबारे आयोगको प्रतिवेदन सरकारलाई, सार्वजनिक नगरे अर्को आन्दोलन उठ्नसक्ने चेतावनी
मलंगवा नगरपालिकाको १५औँ नगर सभा विभिन्न प्रस्ताव पारित गर्दै
मलंगवा आँख अस्पताल परिसरमा जनचेतनामूलक सूचना बोर्ड राखियो
सर्लाही क्षेत्र नम्बर ४ मधुवनी मा
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
प्रतिनिधिसभामा रास्वपाको बलियो उपस्थिति, राष्ट्रिय सभामा पुराना दलको प्रभाव
पूर्व सहमति अनुसार चिनी उद्योगले जलेको उखु नकिनेपछि सिडिओसहितको अनुगमन सर्लाही/मधेश प्रदेश
पूर्व सहमति अनुसार चिनी उद्योगले जलेको उखु नकिनेपछि सिडिओसहितको अनुगमन सर्लाही/मधेश प्रदेश
गोडैता नगर Gen – Z संघर्ष समिती अध्यक्ष वेद प्रकाश झाको नेतृत्वमा गोडैता नगरमा ज्ञापनपत्र: १५ दिनभित्र माग सम्बोधन नभए कडा आन्दोलनको चेतावनी
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
आज २०८१ साल चैत ११ गते सोमबारको राशिफल
आज २०८१ साल चैत ११ गते सोमबारको राशिफल

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?