आज २०८१ साल चैत २० गते बुधबारको राशिफल

पावर अफ मधेश पावर अफ मधेश
बुधबार, चैत्र २०, २०८१
59 Views
आज २०८१ साल चैत २० गते बुधबारको राशिफल
समाचार सारांश
  • आज २०८१ साल चैत २० गते बुधबार चैत शुक्ल पक्षको चौथी तिथि।
  • तदनुसार सन् २०२५ अप्रिल २ तारिख।

आज २०८१ साल चैत २० गते बुधबार चैत शुक्ल पक्षको चौथी तिथि। तदनुसार सन् २०२५ अप्रिल २ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। लगानी गरेमा व्यापारमा फाइदा हुनेछ। राज्यको तर्फबाट साथ र सहयोग मिल्नेछ। औषधी नियमित गर्नुपर्ने दिन छ। दाम्पत्य जीवन सुखमय बित्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृष : तपाईंको बोलीको प्रभावले ठुलो काम बन्नेछ। बोलीलाई परोपकारमा प्रगोग गर्नु उचित हुनेछ। राज्यको तर्फबाट भय र त्रास बढ्नेछ। राजनीतिक दलसँगको सहकार्यमा घाटा हुनेछ।

मिथुन : थोरै बोलेर अगाडि बढ्नुपर्ने दिन छ। राजनीतिक क्षेत्रमा घेराबन्दी हुनेछ। व्यापारको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। धार्मिक अगुवासँगको सहकार्यले सफलता मिल्नेछ। विपक्षी साथीसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने समय छ।

कर्कट : दिन राम्रो छ। उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ। भोजमा सहभागी हुँदा खानपानमा सचेत बन्नुपर्नेछ। खानपानका कारण रोग बढ्नेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : दिन राम्रो छ। भाग्यको स्थानमा चन्द्रमा र वृहस्पति पुगेकाले तपाईंले गरेका प्रयास सफल बन्नेछन्। परिवारलाई गरेको विश्वासले घाटा हुनेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ।

कन्या : दिन राम्रो छ। परिवारको साथ र सहयोग मिल्नेछ। स्वास्थ्यले शिक्षामा जोश र जाँगर बढ्नेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। धार्मिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ।

तुला : दिन सामान्य छ। काम तपाईंले गरे पनि फाइदा अरुले नै लिनेछन्। श्रमको मूल्य प्राप्त नहुँदा मन दुःखी बन्नेछ। राज्यको तर्फबाट सम्मान प्राप्त हुनेछ। परिवारले भन्दा बाहिरका व्यक्तिले तपाईंको प्रशंसा गर्नेछन्।

वृश्चिक : दिन सामान्य राम्रो छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

धनु : दिन सामान्य राम्रो छ। राजनीतिक क्षेत्रमा अप्ठेरो अवस्था आइपुग्न सक्छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। विपक्षी साथीको अवरोध रहने भएकाले हरेक क्षेत्रमा सक्रिय हुनुपर्नेछ। राज्यबाट भने सचेत बन्नुपर्ने समय छ।

मकर : लगानीको क्षेत्रमा नाफा हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। विपक्षी शान्त रहेकाले आफ्नो काम गर्न सहज वातावारण बन्नेछ।

कुम्भ : दिन सामान्य छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा गढबढी हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ। शिक्षामा ढिलासुस्ती बढ्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

मीन : काममा मिहिनेत गर्नुपर्नेछ। परीक्षा लेखेको भए थप मिहिनेतको खाँचो देखिन्छ। खानपानमा समस्या बढ्नसक्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित
विज्ञान: वरदान होइन, मानव सभ्यताका लागि अभिशाप!
भारतीय बलिउड स्टार सञ्जय दत्त काठमाडौंमा ✨ (तस्बिरहरू)
एकल अभियानअन्तर्गत गोडैता नगरपालिका–३ मा कार्यक्रम सम्पन्न
हिन्दू बहुमतको देशमा हिन्दू नै असुरक्षित भन्दै अभियन्ता वेद प्रकाश झा
३०औं वन्यजन्तु सप्ताह : टिकौलीमा राजमार्ग सरसफाई
३०औं वन्यजन्तु सप्ताह : टिकौलीमा राजमार्ग सरसफाई
आन्दोलित शिक्षकको दबाबपछि कक्षा १२ को परीक्षा सर्‍यो, अब वैशाख २१ देखि
आन्दोलित शिक्षकको दबाबपछि कक्षा १२ को परीक्षा सर्‍यो, अब वैशाख २१ देखि
राप्रपामा कारबाही विवाद : पदमुक्त पत्रपछि उपाध्यक्ष राजभण्डारी र केन्द्रीय सदस्य आचार्यको प्रेस विज्ञप्ति सार्वजनिक
गाई खानेलाई बहिष्कार गरौँ’—सर्लाही–४ बाट प्रदीप झाको स्पष्ट आह्वान
सर्लाहीमा ३५ उम्मेदवारको जमानत जफत, रास्वपाका अमरेश सिंह विजयी
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला