इरानका दिवंगत सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्तिम श्रद्धाञ्जली यात्रा कहिले हुँदैछ ?

पावर अफ मधेश पावर अफ मधेश
मंगलबार, जेठ २६, २०८३
6 Views
समाचार सारांश
  • काठमाडौं।
  • इरानी सञ्चारमाध्यमहरूले आयातोल्लाह अली खामेनीको अन्तिम श्रद्धाञ्जली यात्रा यही जुन महिनाभित्र हुन सक्ने बताएका छन्।

काठमाडौं। इरानी सञ्चारमाध्यमहरूले आयातोल्लाह अली खामेनीको अन्तिम श्रद्धाञ्जली यात्रा यही जुन महिनाभित्र हुन सक्ने बताएका छन्। उनीहरूले आयोजकहरूलाई उद्धृत गर्दै उक्त जानकारी दिएका हुन्।

इरानी सञ्चारमाध्यमका अनुसार आयोजकहरूले इस्लामिक पात्रोको पहिलो महिनाको १०औँ दिनपछि अन्तिम यात्रा गरिने बताएका छन्, जसअनुसार जुन २५ वा २६ मा हुने अपेक्षा गरिएको छ।

यसअघि पनि इरानी सञ्चारमाध्यमहरूले अन्तिम श्रद्धाञ्जली यात्रा तेहरान, कोम हुँदै उत्तर–पूर्वी क्षेत्रमा रहेको मशहदमा पुग्ने जानकारी दिएका थिए। मशहद खामेनीको जन्मस्थल हो र उनको शव त्यहीँ दफन गरिने बताइएको छ।

युद्धका कारण उत्पन्न सुरक्षा चिन्ताका कारण खामेनेईको अन्तिम संस्कार कार्यक्रम पटक–पटक स्थगित हुँदै आएको छ।

अली खामेनीको मृत्यु फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले गरेको आक्रमणमा भएको बताइएको छ।

त्यसपछि मार्च महिनाको सुरुआतमै उनका छोरा मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेता (सुप्रिम लिडर) नियुक्त गरिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अधिकार र पहिचानको आवाज बोकेर चुनावी मैदानमा उपेन्द्र यादव
सपना भिलेजद्वारा चेपाङको जीवन स्तर उकास्न मौरीको घार वितरण
सपना भिलेजद्वारा चेपाङको जीवन स्तर उकास्न मौरीको घार वितरण
नाइजेरियामा मस्जिदमा आक्रमण, ४४ जनाको मृत्यु
नाइजेरियामा मस्जिदमा आक्रमण, ४४ जनाको मृत्यु
राप्ती चौघराका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
राप्ती चौघराका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
इरानी तेल प्रतिबन्ध अस्थायी रूपमा हटाउँदै अमेरिका, विश्व बजारमा मूल्य घटाउने प्रयास
नेप्सेमा शुक्रबार पनि कारोबार हुने, आइतबार बन्द रहने नयाँ तालिका लागू
सौराहा चोकमा पूर्वी चितवनका पत्रकारको विरोध प्रदर्शन
सौराहा चोकमा पूर्वी चितवनका पत्रकारको विरोध प्रदर्शन
रत्ननगर- १५ का सुत्केरीलाई पौष्टिक आहार : जीउदो कुखुराको भाले र घ्यू
रत्ननगर- १५ का सुत्केरीलाई पौष्टिक आहार : जीउदो कुखुराको भाले र घ्यू
डेटा सेन्टरको हब बन्दै नेपाल, नीति नियममा अझै अन्योल

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?