समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान
समाचार सारांश
- काठमाडौँ ।
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् ।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले भाेलि बिहान ९ बजे संसद् सचिवालयस्थित सार्वजनिक लेखा समितिको हल, सिंहदरबारमा बैठक बस्ने जानकारी दिए ।
बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई आमन्त्रण गरिएको छ। प्रत्येक दलबाट पार्टी अध्यक्ष वा सभापतिसहित दुई जना प्रतिनिधि सहभागी हुनसक्ने व्यवस्था गरिएको रास्वपाले जनाएको छ।
महामन्त्री बुर्लाकोटीका अनुसार सर्वदलीय बैठकको सूचना तथा औपचारिक निमन्त्रणा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई पठाइसकिएको छ ।
बैठकमा समसामयिक राजनीतिक विषय तथा राष्ट्रिय चासोका मुद्दामाथि छलफल हुने बताइएको छ ।
प्रतिक्रिया
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
यो पनि पढौँ
यो पनि पढौँ
वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ तथा डुङ्गा सयर
देउरालीसम्म गाडी चलेपछि हट्यो दिनभर हिड्नुपर्ने बाध्यता
कुलमान घिसिङ बर्खास्त
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
आज २०८१ साल फागुन १८ गते आइतबारको राशिफल
खोटाङमा एमालेबाट २ पटक वडाध्यक्ष जितेका दिनेश राईले गरे पार्टी छाडेको घोषणा
सरकारको सावधानी र सक्रियताले ठुलाे मानवीय क्षति हुन पाएन : मन्त्री घिसिङ
सर्लाहि बरहथवामा पत्रकार सम्मेलन सम्पन गरेका
गृहमन्त्री गुरुङको चेतावनी- व्यक्तिगत चरित्रहत्यालाई गृह मन्त्रालयले गम्भीर रूपमा लिने छ (भिडिओ)
सर्लाहीमा प्रत्यक्षतर्फ १९ हजार मत बदर
ट्रेन्डिङ