काठमाडौँका अधिकांश क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अग्रस्थानमा

पावर अफ मधेश पावर अफ मधेश
मंगलबार, फाल्गुन २६, २०८२
36 Views
समाचार सारांश
  • काठमाडौँ ।
  • प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी रहेको काठमाडौँका अधिकांश निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता कायम गरिरहेका छन्।

काठमाडौँ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी रहेको काठमाडौँका अधिकांश निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता कायम गरिरहेका छन्।

काठमाडौँ क्षेत्र नम्बर १ मा भने रास्वपाकै रञ्जु न्यौपाने १५ हजार ४५५ मत प्राप्त गर्दै विजयी भइसकेकी छन्।

दिउँसो १ बजेसम्मको मत परिणामअनुसार काठमाडौँ–२ मा रास्वपाका सुनिल केसी ५ हजार ८९७ मतसहित अग्रस्थानमा छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेस का कविर शर्मा ले २ हजार २०६ र राष्ट्रिय प्रजातन्त्र पार्टी की कुन्तिदेवी पोखरेल ले १ हजार ४६९ मत प्राप्त गरेकी छन्।

काठमाडौँ–३ मा रास्वपाका राजुनाथ पाण्डे ६ हजार ५८४ मतसहित अग्रस्थानमा छन्। उनका प्रतिस्पर्धी कुलमान घिसिङ ले ४ हजार २२० र कांग्रेसका रमेश अर्याल ले २ हजार १९० मत प्राप्त गरेका छन्।

त्यसैगरी काठमाडौँ–४ मा रास्वपाका पुकार बम ६ हजार २८४ मतसहित अगाडि छन्। उनका प्रतिस्पर्धी कांग्रेसका सचिन तिमिल्सिना ले १ हजार ९०७ र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का राजन भट्टराई ले १ हजार ४७९ मत पाएका छन्।

काठमाडौँ–५ मा रास्वपाका सस्मित पोखरेल ११ हजार ४३३ मतसहित अग्रस्थानमा छन्। उनका प्रतिस्पर्धी कांग्रेसका प्रदीप पौडेल ले ३ हजार ५५६ र एमालेका ईश्वर पोखरेल ले १ हजार ९०८ मत ल्याएका छन्।

काठमाडौँ–६ मा रास्वपाका शिशिर खनाल १० हजार ६१५ मतसहित अगाडि छन्। उनका प्रतिस्पर्धी कांग्रेसका सवुज कृष्ण बानियाँ क्षेत्री ले २ हजार ७७५ र एमालेका अमनकुमार मास्के ले १ हजार ६१२ मत प्राप्त गरेका छन्।

काठमाडौँ–७ मा रास्वपाका गणेश पराजुली १० हजार २७३ मतसहित अग्रता कायम गरिरहेका छन्। सो क्षेत्रमा एमालेका प्रकाश श्रेष्ठ ले १ हजार ६७२ र नेपाल कम्युनिस्ट पार्टी का वसन्तप्रसाद मानन्धर ले १ हजार ३८९ मत ल्याएका छन्।

काठमाडौँ–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ १४ हजार ७५१ मतसहित अगाडि छन्। उनका प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टीका सुमन सायमी ले १ हजार ९९५ र कांग्रेसकी सपना राजभण्डारी ले १ हजार ६४५ मत प्राप्त गरेकी छन्।

काठमाडौँ–९ मा रास्वपाका डोलप्रसाद अर्याल ५ हजार ५५९ मतसहित अग्रस्थानमा छन्। उनका प्रतिस्पर्धी कांग्रेसकी नानुमैयाँ बास्तोला ले १ हजार ११६ र एमालेका अजयक्रान्ति शाक्य ले ९७० मत ल्याएका छन्।

त्यसैगरी काठमाडौँ–१० मा रास्वपाका प्रदीप विष्ट ८ हजार ५०८ मतसहित अग्रता कायम गरिरहेका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका हिमाल कार्की ले २ हजार ५६ र एमालेका विनोद श्रेष्ठ ले १ हजार २२१ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाही क्षेत्र नं. ४ बाट  हिंदुवादी क्रांतिकारी यूवती सन्तोषी कंडेल सनातनी समानुपातिक उम्मेदवार
मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
कांग्रेसले भीष्म आङ्देम्बेको नेतृत्वमा बनायो ‘छाया सरकार’, कसलाई कुन मन्त्रालय ?
६ लेनमा विस्तारित पुलचोक-गोन्द्राङ सडकको प्रधानमन्त्री ओलीले गरे उद्घाटन
६ लेनमा विस्तारित पुलचोक-गोन्द्राङ सडकको प्रधानमन्त्री ओलीले गरे उद्घाटन
राज्यप्रणालीमा संरचनात्मक हस्तक्षेपको प्रयास, स्रोतको संकटबीच ‘डिपार्चर’ को खोजीमा अर्थमन्त्री
‎सर्लाहीमा योजना ‘चिठी’ बिक्रीको आरोप: पूर्वाधार विकास कार्यालय
सिंहदरबारमा शपथसँगै रौनक, नवनिर्वाचित सांसदहरूको आगमन बाक्लियो
ईश्वरपुरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु,३ जना घाइते’
जेन–जीका आवाजलाई राष्ट्रिय बहसमा ल्याउन गगन थापाको आग्रह
नेपाली कांग्रेसको आन्तरिक कलह अब वारपारको अवस्थामा पुगेको छ। शेर
नेपाली कांग्रेसको आन्तरिक कलह अब वारपारको अवस्थामा पुगेको छ। शेर
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला