निर्वाचनमा सहभागी दलहरूलाई अनुशासनमा रहन आग्रह

पावर अफ मधेश पावर अफ मधेश
सोमबार, फाल्गुन ११, २०८२
47 Views
समाचार सारांश
  • काठमाडौं, १० फागुन — निर्वाचन आयोग नेपाल का कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले आगामी निर्वाचनमा सहभागी सबै राजनीतिक दललाई अनुशासनको परिधिभित्र रहेर स्वच्छ प्रतिस्पर्धा गर्न आग्रह गरेका छन्।
  • निर्वाचनसम्बन्धी समाचार अभिमुखीकरण कार्यक्रममा बोल्दै आयुक्त भण्डारीले सबै दल एउटै रेखा र समान मापदण्डभित्र रहेर प्रतिस्पर्धा गर्नुपर्ने बताए।

काठमाडौं, १० फागुन — निर्वाचन आयोग नेपाल का कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले आगामी निर्वाचनमा सहभागी सबै राजनीतिक दललाई अनुशासनको परिधिभित्र रहेर स्वच्छ प्रतिस्पर्धा गर्न आग्रह गरेका छन्।
निर्वाचनसम्बन्धी समाचार अभिमुखीकरण कार्यक्रममा बोल्दै आयुक्त भण्डारीले सबै दल एउटै रेखा र समान मापदण्डभित्र रहेर प्रतिस्पर्धा गर्नुपर्ने बताए। “सबै दललाई एउटै समूह, एउटै रेखामा राखेर अनुशासनको परिधिभित्र रही निर्वाचनमा सहभागी हुनुहोला र स्वच्छ प्रतिस्पर्धामा संलग्न हुनुहोला,” उनले आग्रह गरे।
उनले यस पटक ९ देखि १० लाखसम्म नयाँ युवा मतदाता थपिएको जानकारी दिँदै युवाहरूमा नयाँ जोस, जागर र उत्साह देखिएको उल्लेख गरे। “युवाहरू पनि नयाँ ऊर्जा र उत्साहका साथ निर्वाचनमा सहभागी हुँदैछन्,” उनले भने।
आयुक्त भण्डारीले निर्वाचनको वातावरण स्वच्छ, शान्तिपूर्ण र मर्यादित राख्न सबै दल तथा सरोकारवालालाई सहयोग गर्न आग्रह गर्दै निर्वाचनको माहोल विथोल्ने कुनै पनि गतिविधि नगर्न सचेत गराए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीमा मतदान अधिकृतको ड्युटीकै क्रममा मृत्यु
मौसम पूर्वानुमान : आज तीन प्रदेशका पहाडी भागमा मेघगर्जनसहित वर्षा
मौसम पूर्वानुमान : आज तीन प्रदेशका पहाडी भागमा मेघगर्जनसहित वर्षा
राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न, २० औँ अधिवेशनको तयारीमा छलफल
मालपोत प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, कूल १ करोड ५० लाख बिगो माग
होली पर्वले समुदायबीच सद्भाव बढाउन सहयोग पुग्ने
होली पर्वले समुदायबीच सद्भाव बढाउन सहयोग पुग्ने
डेटा सेन्टरको हब बन्दै नेपाल, नीति नियममा अझै अन्योल
प्रतिनिधिसभा बैठक बस्दै
प्रतिनिधिसभा बैठक बस्दै
पूर्वराष्ट्रपति भण्डारीद्वारा कार्की आयोग प्रतिवेदन कार्यान्वयन
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रदीप कुमार झा सर्लाही क्षेत्र नं. ४ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार
चितवनकी पत्रकार संगिता बानियाँको निधन
चितवनकी पत्रकार संगिता बानियाँको निधन
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला