सर्लाही क्षेत्र न. ३ का जसपाका उम्मेदवार जेपि यादव माथी सर्लाहिकै बागमतीमा हातपातको प्रयास, घटना के कसरी भयो ?

पावर अफ मधेश पावर अफ मधेश
बिहिबार, फाल्गुन ७, २०८२
264 Views
समाचार सारांश
  • सरोज यादव, मलंगवा – सर्लाहीको बागमती पुल नजिकै रहेको एक होटलमा जनता समाजवादी पार्टी, नेपाल (जसपा) का सर्लाही क्षेत्र नं.
  • ३ का प्रतिनिधिसभा उम्मेदवार डा.

सरोज यादव, मलंगवा – सर्लाहीको बागमती पुल नजिकै रहेको एक होटलमा जनता समाजवादी पार्टी, नेपाल (जसपा) का सर्लाही क्षेत्र नं. ३ का प्रतिनिधिसभा उम्मेदवार डा. जेपी यादवमाथि दुर्व्यवहार र धम्की दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

घटनामा संलग्न भनिएका प्रसान्त वाइवाले सुनियोजित ढंगले होटलमै पुगेर डा. यादवलाई धम्क्याएको आरोप लागेको छ । प्रत्यक्षदर्शीका अनुसार वाइवाले अपमानजनक शब्द प्रयोग गर्दै “मधेशीहरू बीस–तीस रुपैयाँको खान्छन्, यहाँबाट भाग” जस्ता अभिव्यक्ति दिएका थिए । साथै “मधेशीहरूको ओकात थोरै छ” भन्दै जातीय रूपमा होच्याउने प्रयास गरेको आरोप पनि लागेको छ ।

घटनाको भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीले सक्रिय भएर अनुसन्धान गरी एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ । प्रारम्भिक जानकारी अनुसार पक्राउ परेका व्यक्ति माओवादी निकट कार्यकर्ता रहेको बताइएको छ ।

जसपा नेपालका स्थानीय नेता–कार्यकर्ताले उम्मेदवारमाथि भएको दुर्व्यवहारको कडा निन्दा गर्दै दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेका छन् । यस घटनाले चुनावी माहोल तातेको अवस्थामा सर्लाहीमा राजनीतिक तनाव बढ्ने संकेत देखिएको छ। प्रहरीले शान्ति–सुरक्षा कायम राख्न आवश्यक सतर्कता अपनाएको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज २०८१ साल चैत ११ गते सोमबारको राशिफल
आज २०८१ साल चैत ११ गते सोमबारको राशिफल
हरिपुर्वामा हिन्दु जागरण अभियान १६ बुँदे मागसहित हजारौं हिन्दूहरुको उत्साहजनक सहभागीता
आज २०८१ साल चैत १४ गते बिहीबारको राशिफल
आज २०८१ साल चैत १४ गते बिहीबारको राशिफल
केपी शर्मा ओलीको पत्थरी शल्यक्रिया सफल
दक्षिण एसियाकै उत्कृष्ट सदन बनेको दाबी, अब अभ्यास र सिद्धान्तको पालो : सांसद मनिष झा
आज २०८१ साल चैत ७ गते बिहीबारको राशिफल
आज २०८१ साल चैत ७ गते बिहीबारको राशिफल
हर्दि देखि टाँडी चोकसम्म भोली ११ हजार भोल्टको नयाँ विद्युत लाइन परीक्षण हुँदै
हर्दि देखि टाँडी चोकसम्म भोली ११ हजार भोल्टको नयाँ विद्युत लाइन परीक्षण हुँदै
‘राजागञ्ज’ बाट आरतीको चलचित्रमा अभिनय थालनी
‘राजागञ्ज’ बाट आरतीको चलचित्रमा अभिनय थालनी
रेशमलाई दीर्घकालीन र रणनीतिक उद्योगका रूपमा विकास गर्नुपर्नेमा मन्त्री परियारको जोड
शान्तिपूर्ण प्रदर्शन कायम राख्न शिक्षकलाई महासंघको अनुरोध
शान्तिपूर्ण प्रदर्शन कायम राख्न शिक्षकलाई महासंघको अनुरोध
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला