कांग्रेस कार्यसम्पादन समितिको भर्चुअल बैठक आइतबार
- कांग्रेस कार्यसम्पादन समितिको भर्चुअल बैठक आइतबार काठमाडौं ।
- नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक भर्चुअल माध्यमबाट गर्ने भएको छ।
कांग्रेस कार्यसम्पादन समितिको भर्चुअल बैठक आइतबार
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक भर्चुअल माध्यमबाट गर्ने भएको छ। पार्टीले आइतबार बिहान ८:३० बजे बैठक बस्ने गरी तयारी गरेको छ।
कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा संगठनात्मक र आगामी राजनीतिक गतिविधिसँग सम्बन्धित महत्वपूर्ण विषयहरूमा छलफल हुनेछ। बैठकका लागि तीन प्रमुख एजेन्डा तय गरिएका छन्।
बैठकमा प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीको परिचालन निर्देशिका, सार्वजनिक कार्यक्रम सञ्चालनसम्बन्धी निर्देशिका तथा केन्द्रीय अनुशासन समिति गठनको विषयमा निर्णय लिने तयारी रहेको जनाइएको छ।
पार्टीको आन्तरिक व्यवस्थापन र आगामी रणनीति तय गर्न बैठक महत्वपूर्ण हुने कांग्रेस नेताहरूको भनाइ छ।

प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ