कांग्रेसमा परिवर्तन आएको छ, पार्टी फुटेको जस्तो लागेन : सुजाता कोइराला
- काठमाडौँ, माघ ३, २०८२ — नेपाली कांग्रेसकी नेता सुजाता कोइरालाले नयाँ नेतृत्व स्वीकार गर्न सबैलाई आग्रह गरेकी छन्।
- कांग्रेस सभापति गगन थापालाई बधाई दिँदै उनले पार्टीमा विभाजन नभई नयाँ नेतृत्व आएको बताए।

काठमाडौँ, माघ ३, २०८२ — नेपाली कांग्रेसकी नेता सुजाता कोइरालाले नयाँ नेतृत्व स्वीकार गर्न सबैलाई आग्रह गरेकी छन्। कांग्रेस सभापति गगन थापालाई बधाई दिँदै उनले पार्टीमा विभाजन नभई नयाँ नेतृत्व आएको बताए।
शनिबार एक भिडियो सन्देश जारी गर्दै सुजाता कोइरालाले देशले अहिले परिवर्तनको माग गरेको बताइन्। परिवर्तनलाई डराएर होइन, खुसीसाथ अँगाल्नुपर्ने उनको धारणा छ।
उनले भनिन्, “देशमा धेरै परिवर्तन भइरहेका छन्। हामीले परिवर्तनसँग डराउनु हुँदैन। युवाले समाजमा नयाँ परिवर्तन चाहेका छन्। त्यसैले परिवर्तनलाई सकारात्मक रुपमा स्वीकार गर्नुपर्छ।”
कोइरालाले कांग्रेसमा पनि परिवर्तन आएको उल्लेख गर्दै पार्टी फुटेको जस्तो महसुस नभएको बताइन्। उनले भनिन्, “कांग्रेसमा परिवर्तन देखिएको छ। पार्टी फुटेको जस्तो मलाई फिल भएको छैन। नयाँ सभापति गगन थापा आउनुभएको छ, यो नयाँ नेतृत्व हो र हामीले त्यसलाई स्वीकार गर्नुपर्छ।”
उनले नयाँ नेतृत्वलाई स्वागत गर्दै, कानुनको व्याख्या धेरै नगरी एकतामा अघि बढ्न आग्रह गरिन्। साथै बीपीको विचार र गिरिजाप्रसाद कोइरालाको संगठनलाई बलियो बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिइन्।
कोइरालाले पार्टीको कार्यालय र झण्डा एउटै रहेको स्मरण गराउँदै कांग्रेसलाई अझ मजबुत बनाउन सबैले सहकार्य गर्नुपर्ने बताए।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ