World Educare Lucky Draw कार्यक्रम पूर्ण पारदर्शी तथा निष्पक्ष र मर्यादित रूपमा सम्पन्न, विजेताहरू घोषणा
- सप्तरी, कल्याणपूर।
- मिति २०८२/०९/३० गते कल्याणपूर, सप्तरी मा World Educare Pvt.

सप्तरी, कल्याणपूर।
मिति २०८२/०९/३० गते कल्याणपूर, सप्तरी मा World Educare Pvt.Ltd द्वारा आयोजित Lucky Draw कार्यक्रम पूर्ण पारदर्शी तथा निष्पक्ष र मर्यादित रूपमा सम्पन्न भएको छ। कार्यक्रममा सहभागी विद्यार्थीहरूमध्ये चिठा प्रणालीमार्फत १ देखि २० सम्मका Lucky Winner निष्पक्ष र पारदर्शी रूपमा छनोट गरिएको हो।
यस Lucky Draw सम्बन्धी सम्पूर्ण विवरण तथा नतिजा World Educare का Branch Manager (B.M.) श्री प्रदीप कुमार झा ले Power of Madhesh लाई आधिकारिक रूपमा जानकारी गराउनु भएको हो।
कार्यक्रमले विद्यार्थीहरूलाई शिक्षा प्रति थप आकर्षित गर्ने, प्रतिस्पर्धात्मक भावना विकास गर्ने र उज्ज्वल भविष्यतर्फ प्रेरित गर्ने उद्देश्य यो वर्ल्ड ऐजुकेयरले बोकेको B.M झा जनाएको छ। यस्ता सिर्जनात्मक तथा प्रेरणादायी कार्यक्रम सञ्चालन गर्ने World Educare सँग सहकार्य गर्न पाउनु गर्वको विषय भएको बताइएको छ।
पुरस्कार विवरण
प्रथम विजेता – रु. २५,०००/- (कुपन नं. 6702)
द्वितीय विजेता – रु. १५,०००/- (कुपन नं. 12851)
तृतीय विजेता – रु. १०,०००/- (कुपन नं. 28856)
चौथोदेखि २०औँ स्थानसम्म – प्रत्येकलाई रु. ५,०००/-
४ देखि २० औँ स्थानसम्मका कुपन नम्बरहरू:
23121, 737, 23720, 23056, 63, 8157, 23124, 69, 8034, 23854, 40, 27301, 11, 29371, 29345, 27629, 27674
Power of Madhesh को तर्फबाट सबै विजेता विद्यार्थीहरूलाई हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना व्यक्त गरिएको छ। साथै शिक्षा क्षेत्रमा उत्कृष्ट कार्य गरिरहेको World Educare सँग सहकार्य गरी यस्ता सकारात्मक अभियानहरूलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाइएको छ
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ