लोकतन्त्र जोगाउन निर्वाचन अपरिहार्य : प्रचण्डलाई भारतको सन्देश
- Power of Madhesh | २२ पुस, मलंगवा (सर्लाही) भारतका राष्ट्रिय सुरक्षा सल्लाहाकार अजित डोभालले नेपालमा लोकतान्त्रिक प्रणालीको संरक्षणका लागि निर्वाचन नै सबैभन्दा भरपर्दो र प्रभावकारी माध्यम भएको बताएका छन् ।
- नयाँ दिल्लीमा आइतबार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटमा डोभालले आगामी २१ फागुनमा तोकिएको निर्वाचनलाई समर्थन गर्दै सबै राजनीतिक दल निर्वाचन प्रक्रियामा सहभागी हुनुपर्नेमा जोड दिएका हुन् ।
Power of Madhesh | २२ पुस, मलंगवा (सर्लाही)
भारतका राष्ट्रिय सुरक्षा सल्लाहाकार अजित डोभालले नेपालमा लोकतान्त्रिक प्रणालीको संरक्षणका लागि निर्वाचन नै सबैभन्दा भरपर्दो र प्रभावकारी माध्यम भएको बताएका छन् ।
नयाँ दिल्लीमा आइतबार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटमा डोभालले आगामी २१ फागुनमा तोकिएको निर्वाचनलाई समर्थन गर्दै सबै राजनीतिक दल निर्वाचन प्रक्रियामा सहभागी हुनुपर्नेमा जोड दिएका हुन् ।
भेटका क्रममा नेपालमा विकसित राजनीतिक अवस्था, स्थायित्व र लोकतान्त्रिक निरन्तरताका विषयमा छलफल केन्द्रित भएको बताइएको छ । डोभालले जनताको मतमार्फत प्राप्त जनादेशले मात्र लोकतन्त्रलाई मजबुत बनाउन सक्ने धारणा राखेका थिए ।
भारतले छिमेकी मुलुक नेपालमा राजनीतिक स्थायित्व र लोकतान्त्रिक संरचनाको निरन्तरता चाहेको सन्देश पनि डोभालले प्रचण्डसमक्ष राखेको स्रोतहरूले जनाएका छन् । विद्यमान राजनीतिक जटिलता समाधानका लागि निर्वाचनबाहेक अन्य विकल्प नरहेको भारतीय पक्षको बुझाइ रहेको बताइएको छ ।
डोभालको भनाइप्रति प्रतिक्रिया दिँदै प्रचण्डले नेपालभित्र राजनीतिक दलहरू निर्वाचनको विपक्षमा नरहेको र आन्तरिक तहमा सहमतिको वातावरण रहेको जानकारी गराएका छन् । उनले लोकतान्त्रिक प्रक्रियालाई अघि बढाउन दलहरू तयार रहेको स्पष्ट पारेका थिए ।
दिल्ली भ्रमणअघि प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए । नयाँ दिल्लीमा भएको भेटमा प्रचण्डकी छोरी गंगा दाहालसमेत सहभागी थिइन् ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ