स्वास्थ्य शिविरले जोगायो पूर्णीमायाको जीवन !

पावर अफ मधेश पावर अफ मधेश
मंगलबार, चैत्र २६, २०८१
108 Views
स्वास्थ्य शिविरले जोगायो पूर्णीमायाको जीवन !
समाचार सारांश
  • चितवन, चैत २६ ।
  • राप्ती नगरपालिक वडा नम्बर १० बस्ने पूर्णीमाया चेपाङ्गलाई सोमबार गाउँमा निःशुल्क स्वास्थ्य शिविर हुँदैछ भन्ने खबर आएपछी स्वास्थ्य जाँच गराउने निधो गरिन ।

चितवन, चैत २६ । राप्ती नगरपालिक वडा नम्बर १० बस्ने पूर्णीमाया चेपाङ्गलाई सोमबार गाउँमा निःशुल्क स्वास्थ्य शिविर हुँदैछ भन्ने खबर आएपछी स्वास्थ्य जाँच गराउने निधो गरिन । वडाको चौघरा कोराक स्वास्थ्य चौकीमा ग्रीन सोसाइटी नेपाल रत्ननगर–७, सौराहाको आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरमा उनि सोमबार समय मै स्वास्थ्य जाँच गराउन पुगिन ।

स्वास्थ्य शिविरमा आउँदासम्म सास फेर्न धेरै असहज महसुस नभएको भएपनि जब स्वास्थ्य कर्मिले स्वास्थ्य जाँच गर्दैगर्दा पूर्णीमायाले स्वास्थ्यमा असहज भएको महसुस गरिन् । उत्साहित हुँदै स्वास्थ्य जाँच गराउन शिविरमा पुगेकी उनलाई एक्कासी सास फेर्न गाह्रो हुन थाल्यो ।

मुटु सुन्निएर ठूलो भएको कारण उनको श्वासप्रश्वासमा संकट देखियो। तर, समयमै स्वास्थ्यकर्मी र आयोजकको तत्परताले उनको ज्यान जोगियो । भण्डारा बजारबाट तुरुन्तै अक्सिजन ल्याइयो, प्राथमिक उपचार गरियो र थप उपचारका लागि अस्पताल पठाइयो। “उहाँको अवस्था देख्दा हामीलाई पनि डर लागेको थियो, तर हामीले हिम्मत हारेनौं,” शिविर आयोजक श्रीलाल परियारले भने।

उनको जीवन रक्षाले शिविरको महत्त्व झनै उजागर गर्‍यो। “स्वास्थ्य सेवाबाट वञ्चित समुदायलाई सहयोग गर्न हामी यस्ता कार्यक्रम निरन्तर गर्छौं,” ग्रीन सोसाइटीका सदस्य पुरुषोत्तम लामिछानेले भने। एउटी वृद्धाको सास फर्काउने यो प्रयासले ग्रामीण भेगमा स्वास्थ्य सेवाको पहुँच कति जरुरी छ भन्ने कुरा प्रस्ट्याएको छ। पूर्णीमायाको जीवनमा आएको यो संकट त एउटा उदाहरण मात्रै हो यस्ता समस्या भोगेर उपचार नपाएका धेरै पूर्णिमाया छन् भन्ने सहजै अनुमान लगाउन सकिन्छ लामिछानेले भने ।

शिविर ग्रीन सोसाइटी पब्लिक स्कूल, राप्ती नगरपालिका–१०, रत्ननगर प्याब्सन, जेसी आई खैरहनी पर्साको सह–आयोजना र शान्ति सेवा गृह काठमाडौंको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो। यहाँ २८६ जनाले स्वास्थ्य सेवा लिए, जसमा १८९ जना वृद्धवृद्धा र अन्य उमेर समूहका तथा ९७ जना बालबालिका थिए। सुगर, प्रेसर, टिटानस भ्याक्सिन, एक्सरे, दन्त रोग, फिजियो थेरापी, रक्त परीक्षण, आँखा उपचार, चस्मा वितरण र स्त्री रोगसम्बन्धी जाँचसँगै निःशुल्क औषधि, ब्रस, मञ्जन, लिटो र झुल वितरण गरिएको संयोजक श्रीलाल परियारले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सकियाे वन्यजन्तु सप्ताह : संरक्षणकर्मीलाई सम्मान, क्षतिकाे राहत वितरण 
सकियाे वन्यजन्तु सप्ताह : संरक्षणकर्मीलाई सम्मान, क्षतिकाे राहत वितरण 
‘राजागञ्ज’ बाट आरतीको चलचित्रमा अभिनय थालनी
‘राजागञ्ज’ बाट आरतीको चलचित्रमा अभिनय थालनी
बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
शनिबारको विदेशी मुद्राको विनिमय दर
शनिबारको विदेशी मुद्राको विनिमय दर
धर्म निरपेक्षता खारेजी र हिन्दू राष्ट्र घोषणाको माग गर्दै प्रदर्शन
विज्ञान: वरदान होइन, मानव सभ्यताका लागि अभिशाप!
सशक्त प्रतिपक्ष बन्न ओलीको निर्देशन
सर्लाहीको मलंगवा नगरपालिका–४ स्थित शिवमन्दिर चोकमा आयोजित श्री श्री १०८
सशस्त्र प्रहरीका घुमुवाले दिए पत्रकार यादवलाई ज्यान मार्ने धम्की
मधेशमा सुशासनको नयाँ अभ्यास : योजना चिठ्ठी वितरणमा बिचौलिया संस्कृति अन्त्य । ‎
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला