हरिपुर्वा नगरपालिकामा तालाबन्दी, नगर प्रमुखमाथि भ्रष्टाचार र अनियमितताको आरोप

पावर अफ मधेश पावर अफ मधेश
मंगलबार, आषाढ २, २०८३
72 Views
समाचार सारांश
  •   सर्लाही, असार २ हरिपुरवा नगरपालिकाका नगर प्रमुखले भ्रष्टाचार, अनियमितता, चरम लापरवाही तथा युवामाथि ज्यादती गरेको आरोप लगाउँदै हरिपुर्वाका सम्पूर्ण युवाहरुले मंगलबार नगरपालिकामा तालाबन्दी गरेका छन्।
  • युवाहरुले जारी गरेको प्रेस विज्ञप्तिमा नगरपालिकामा सुशासन, पारदर्शिता तथा जनउत्तरदायित्व कायम गराउन बाध्य भएर आन्दोलनका कार्यक्रम सञ्चालन गरिएको उल्लेख गरिएको छ।

 

सर्लाही, असार २

हरिपुरवा नगरपालिकाका नगर प्रमुखले भ्रष्टाचार, अनियमितता, चरम लापरवाही तथा युवामाथि ज्यादती गरेको आरोप लगाउँदै हरिपुर्वाका सम्पूर्ण युवाहरुले मंगलबार नगरपालिकामा तालाबन्दी गरेका छन्।

युवाहरुले जारी गरेको प्रेस विज्ञप्तिमा नगरपालिकामा सुशासन, पारदर्शिता तथा जनउत्तरदायित्व कायम गराउन बाध्य भएर आन्दोलनका कार्यक्रम सञ्चालन गरिएको उल्लेख गरिएको छ। पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएको तथा जनभावनाविपरीत गतिविधि जारी रहेकाले तालाबन्दी गर्नुपरेको उनीहरूको भनाइ छ।

विज्ञप्ति मार्फत नगरपालिकाका हालसम्म सञ्चालन भएका विभिन्न कार्यक्रम तथा योजनाको कार्यान्वयन विवरण सार्वजनिक गर्न, लेखापरीक्षण प्रतिवेदनमा उल्लेख भएका अनियमितता तथा बेरुजु सम्बन्धी कारबाहीको प्रगति विवरण सार्वजनिक गर्न माग गरिएको छ।

त्यस्तै, प्रशासनिक भवन निर्माणका लागि नेपाल सरकारबाट चालु आर्थिक वर्ष २०८२/८३ मा विनियोजित बजेटको प्रगति विवरण सार्वजनिक गर्न, सार्वजनिक खरिद प्रक्रियाको छानबिन गरी नगरपालिकाले सञ्चालन गरेका योजना तथा कार्यक्रमको मूल्याङ्कन गर्न तथा नगरपालिकाको समग्र आर्थिक गतिविधिको विवरण सार्वजनिक गर्न पनि माग गरिएको छ।

युवाहरुले अनियमिततामा संलग्न दोषीमाथि कानुनी कारबाही गर्न, नगरपालिकामा सुशासन, पारदर्शिता र जनउत्तरदायित्व सुनिश्चित गर्न समेत माग गरेका छन्।

साथै सम्बन्धित निकायलाई यथाशीघ्र समस्याको समाधान गर्न आग्रह गर्दै माग सम्बोधन नभए थप सशक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने चेतावनी दिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
Amrita kumari
Amrita kumari
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घण्टीको लहरमा पुराना दल कमजोर, रुपान्तरणको प्रयास पनि काँग्रेसलाई बचाउन सकेन
सर्लाहीमा ३५ उम्मेदवारको जमानत जफत, रास्वपाका अमरेश सिंह विजयी
नेपालमा विदेशी पर्यटक आगमन उल्लेख्य वृद्धि, जनवरीमै १५.७ प्रतिशतले उकालो
नारायणहिटी दरबार हत्याकाण्डः २५ वर्षपछि पनि अनुत्तरित प्रश्नहरूको छायाँ
च्याम्पियन्स ट्रफी फाइनल : भारत र न्युजिल्यान्डको भिडन्त आज
च्याम्पियन्स ट्रफी फाइनल : भारत र न्युजिल्यान्डको भिडन्त आज
मंगलबारका विदेशी मुद्राको विनिमय दर
मंगलबारका विदेशी मुद्राको विनिमय दर
हुलाकी राजमार्गमा टिपर–ट्र्याक्टर ठक्कर: एक जना गम्भीर घाइते, टिपर चालक फरार
वातावरण जोगाउनु हाम्रो जेन–जी पुस्ताको कर्तव्य
सोसल मिडियाको स्टण्टबाजीले जनमत भ्रमित भइरहेको छ : प्रचण्ड
राप्ती- १० मा निःशुल्क स्वास्थ्य परिक्षण, २८६ जनाले लिए लाभ
राप्ती- १० मा निःशुल्क स्वास्थ्य परिक्षण, २८६ जनाले लिए लाभ

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?