टेम्पो भिरमा खसालिएको घटनामा १० जना नियन्त्रणमा, प्रहरीको सोधपुछ जारी

पावर अफ मधेश पावर अफ मधेश
आइतबार, जेठ ३१, २०८३
10 Views
समाचार सारांश
  • धनगढी ।
  • कैलालीको गोदावरी नगरपालिका–४ को गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा सडकबाट टेम्पो भिरमा खसालिएको घटनामा सोधपुछका लागि प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ ।

धनगढी । कैलालीको गोदावरी नगरपालिका–४ को गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा सडकबाट टेम्पो भिरमा खसालिएको घटनामा सोधपुछका लागि प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले छ र इलाका प्रहरी कार्यालय मालाखेतीले चार जना गरेर १० जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले वन कर्मचारीलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जानकारी दिए ।

उनकाअनुसार गाईबाँधेमा महिलाले खुद्रा सामान बिक्रि गर्न प्रयोग गर्दै आएको टेम्पो भीरबाट खसाल्ने कार्यमा संलग्न भएका कर्मचारीको पहिचान गर्ने काम भइरहेको छ ।

भीमदत्त राजमार्ग क्षेत्रको वन अतिक्रमण हटाउने क्रममा शुक्रबार गाईबाँधेमा धनादेवी धामीले खुद्रा पसलका लागि प्रयोग गर्ने गरेको टेम्पो वन कर्मचारी र वन रक्षकले भीरबाट खसालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

डिभिजन वन कार्यालय धनगढीले आइतबार बिहान पत्रकार सम्मेलन गर्दै उक्त टेम्पो कवाड भइसकेको र छाप्रोका रुपमा प्रयोग गरेर सडक छेउमा राखिएको जनाएको छ ।

विगतदेखि नै छाप्रो हटाउन भन्दा समेत आनाकानी गरेपछि शुक्रबार बल प्रयोग गरेर हटाइरहेको अवस्थामा भीरालो भूगोल र सन्तुुलन नमिल्दा भीरमा खसेको दाबी गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
Amrita kumari
Amrita kumari
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ईश्वरपुरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु,३ जना घाइते’
सहकारी बैंकको पुन: निर्माणको यात्रा
धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न जिल्ला प्रशासन सर्लाहीको अपिल
आन्दोलित शिक्षकको दबाबपछि कक्षा १२ को परीक्षा सर्‍यो, अब वैशाख २१ देखि
आन्दोलित शिक्षकको दबाबपछि कक्षा १२ को परीक्षा सर्‍यो, अब वैशाख २१ देखि
३०औं वन्यजन्तु सप्ताह : बुढ़ीराप्ती नदी सरसफाईमा एमालेको साथ
३०औं वन्यजन्तु सप्ताह : बुढ़ीराप्ती नदी सरसफाईमा एमालेको साथ
बालेन साह प्रभाव जमाउन नसक्ने ओलीको टिप्पणी
सर्लाहीमा बेपत्ता युवकको शव पोखरीमा फेला
नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा
हर्दि देखि टाँडी चोकसम्म भोली ११ हजार भोल्टको नयाँ विद्युत लाइन परीक्षण हुँदै
हर्दि देखि टाँडी चोकसम्म भोली ११ हजार भोल्टको नयाँ विद्युत लाइन परीक्षण हुँदै
आज ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
आज ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?