अदालतको लेटरप्याड र दस्तखत कीर्ते गर्ने व्यक्ति पक्राउ

पावर अफ मधेश पावर अफ मधेश
मंगलबार, जेठ २६, २०८३
10 Views
समाचार सारांश
  • काठमाडौं ।
  • काठमाडौं जिल्ला अदालतको लेटरप्याड कीर्ते बनाई विभिन्न कागजात तयार गरी प्रयोग गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

काठमाडौं । काठमाडौं जिल्ला अदालतको लेटरप्याड कीर्ते बनाई विभिन्न कागजात तयार गरी प्रयोग गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार गोरखा आरुघाट गाउँपालिका-७ स्थायी घर भई हाल काठमाडौं जिल्ला टोखा नगरपालिका-३ बस्ने २६ वर्षीय बिबस अधिकारीलाई काठमाडौं महानगरपालिका-११ सुन्धाराबाट पक्राउ गरिएको हो।

सीआईबीका अनुसार अधिकारीले काठमाडौं जिल्ला अदालतको लेटरप्याड कीर्ते बनाई मुद्दा खोलेको तथा पुनः प्रमाणीकरण सम्बन्धी सूचना पत्र तयार गरेका थिए। साथै मुद्दाको अन्तिम निर्णय भइसकेपछि आफ्नो बैंक खातामा २ करोड १३ लाख रुपैयाँ रकम स्थानान्तरण भएको र सेवा शुल्कसम्बन्धी कागजात तयार गरी अदालतबाट १ लाख ६ हजार ५ सय रुपैयाँ सेवा शुल्क बुझाउन आदेश भएको भनी झुट्टा विवरण उल्लेख गरेका थिए।

अनुसन्धानका क्रममा उनले काठमाडौं जिल्ला अदालतको लेटरप्याड, न्यायाधीश, शाखा अधिकृतको दस्तखत तथा अदालतको छापसमेत कीर्ते गरी प्रयोगमा ल्याएको खुलेको सीआईबीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला