उपचार अभावमा गोडैता–२ जयपुरका बसलोचन मुखियाको अवस्था गम्भीर
- गोडैता नगरपालिका वडा नम्बर २, जयपुर निवासी बसलोचन मुखिया हाल गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेका छन्।
- आर्थिक अभावका कारण समयमै अस्पतालमा उपचार गराउन नसक्दा उहाँको अवस्था दिनप्रतिदिन कमजोर बन्दै गएको स्थानीय स्रोतले जनाएको छ।

गोडैता नगरपालिका वडा नम्बर २, जयपुर निवासी बसलोचन मुखिया हाल गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेका छन्। आर्थिक अभावका कारण समयमै अस्पतालमा उपचार गराउन नसक्दा उहाँको अवस्था दिनप्रतिदिन कमजोर बन्दै गएको स्थानीय स्रोतले जनाएको छ।
परिवारका सदस्यका अनुसार मुखियालाई केही समयदेखि स्वास्थ्य समस्या देखिए पनि उपचारका लागि आवश्यक रकम अभाव हुँदा उचित स्वास्थ्य सेवा लिन नसकिएको हो। हाल उनी घर नजिकै सामान्य ओछ्यानमा राखेर स्याहारसुसार गरिँदै आएको छ। आर्थिक अवस्था कमजोर भएकाले अस्पतालसम्म लैजान र आवश्यक औषधि जुटाउनसमेत कठिनाइ भइरहेको परिवारको भनाइ छ।
स्थानीयवासीले यस घटनालाई गम्भीर मानविय संकटका रूपमा लिँदै सम्बन्धित निकाय, जनप्रतिनिधि तथा समाजसेवीहरूलाई तत्काल ध्यान दिन आग्रह गरेका छन्। उनीहरूले चुनावी व्यस्तताका बीच पनि यस्ता असहाय नागरिकको जीवनरक्षा प्राथमिकतामा पर्नुपर्ने बताएका छन्।
“राजनीतिक गतिविधि आफ्नो ठाउँमा छ, तर उपचार नपाएर एक नागरिकको अवस्था बिग्रँदै जानु दुःखद कुरा हो,” एक स्थानीयले भने।
बसलोचन मुखियाको शीघ्र उपचारका लागि आवश्यक आर्थिक तथा स्वास्थ्य सहयोग उपलब्ध गराइदिन सम्बन्धित पक्षसँग माग गरिएको छ। समयमै सहयोग पुगेमा उनको जीवन जोगिन सक्ने विश्वास व्यक्त
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ