धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न जिल्ला प्रशासन सर्लाहीको अपिल

पावर अफ मधेश पावर अफ मधेश
बिहिबार, पौष २४, २०८२
93 Views
समाचार सारांश
  • मलंगवा, सर्लाही ।
  • तराई–मधेशका केही जिल्लामा पछिल्लो समय धार्मिक सहिष्णुता र सामाजिक सद्भावमा खलल पुग्ने किसिमका गतिविधि देखिन थालेको भन्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मलंगवा, सर्लाही ।

तराई–मधेशका केही जिल्लामा पछिल्लो समय धार्मिक सहिष्णुता र सामाजिक सद्भावमा खलल पुग्ने किसिमका गतिविधि देखिन थालेको भन्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

जिल्ला प्रशासन कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा सबै जातजाति, भाषा, धर्म, लिङ्ग र वर्गका नागरिकहरूलाई संयमित भई धार्मिक सहिष्णुता तथा सामाजिक सद्भावलाई अक्षुण्ण राख्दै शान्ति–सुरक्षाको प्रत्याभूति गर्न सहयोग गर्न हार्दिक अनुरोध गरिएको छ।

विज्ञप्तिमा नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक मुलुक भएको उल्लेख गर्दै विविधताभित्रको एकता नै नेपालको पहिचान भएको जनाइएको छ। कुनै पनि धार्मिक आस्था, विश्वास र अस्तित्वको सम्मान गरेमा मात्र राष्ट्र र समाजको विकास सम्भव हुने स्पष्ट पारिएको छ।

धार्मिक सहिष्णुता र सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्यले गरिने कुनै पनि उत्तेजक गतिविधि तथा भ्रम फैलाउने सामग्रीहरू सामाजिक सञ्जालमार्फत सम्प्रेषण नगर्न आग्रह गरिएको छ। यस्ता गतिविधिमा संलग्न पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीले शान्ति, सद्भाव र सामाजिक एकता कायम राख्न सबै पक्षको सक्रिय सहयोग आवश्यक रहेको उल्लेख गर्दै जिम्मेवार व्यवहार प्रदर्शन गर्न सबैलाई आह्वान गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

च्याम्पियन्स लिगः रोड्रिगो र डियाजको गोलमा रियल म्याड्रिड विजयी
च्याम्पियन्स लिगः रोड्रिगो र डियाजको गोलमा रियल म्याड्रिड विजयी
आर्थिक आत्मनिर्भरता बिना महिला सशक्तिकरण अधुरो हुन्छ : मन्त्री श्रेष्ठ
समानुपातिकतर्फ २ करोडभन्दा बढी मतपत्र छपाइ सम्पन्न
मलंगवा आँख अस्पताल परिसरमा जनचेतनामूलक सूचना बोर्ड राखियो
सर्लाहीमा ३५ उम्मेदवारको जमानत जफत, रास्वपाका अमरेश सिंह विजयी
मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो
मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो
गगन थापा सर्लाही आउनु मधेसको सौभाग्य, अब कांग्रेसले दुईतिहाइ सिट जित्छ: महेन्द्र यादव (भिडिओ वार्ता)
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
हर्दि देखि टाँडी चोकसम्म भोली ११ हजार भोल्टको नयाँ विद्युत लाइन परीक्षण हुँदै
हर्दि देखि टाँडी चोकसम्म भोली ११ हजार भोल्टको नयाँ विद्युत लाइन परीक्षण हुँदै
सपना भिलेजद्वारा चेपाङको जीवन स्तर उकास्न मौरीको घार वितरण
सपना भिलेजद्वारा चेपाङको जीवन स्तर उकास्न मौरीको घार वितरण

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?