चितवनमा ३०औँ वन्यजन्तु सप्ताह- २०८२ सुरु

पावर अफ मधेश पावर अफ मधेश
सोमबार, बैशाख १, २०८२
93 Views
चितवनमा ३०औँ वन्यजन्तु सप्ताह- २०८२ सुरु
समाचार सारांश
  • रत्ननगर, बैशाख १ ।
  • नेपालको पहिलो चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सोमबारदेखि ३०औँ वन्यजन्तु सप्ताह २०८२ सुरु भएको छ।

रत्ननगर, बैशाख १ । नेपालको पहिलो चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सोमबारदेखि ३०औँ वन्यजन्तु सप्ताह २०८२ सुरु भएको छ। सौराहामा सोमबार चितवन राष्ट्रिय निकुञ्ज र मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिको अगुवाइमा ३०औँ वन्यजन्तु सप्ताहको औपचारिक उद्घाटन गरिएको छ। सो अवसरमा संरक्षणकर्मीहरूले मानवीय क्षति रोक्न व्यवहार परिवर्तन गर्नुपर्नेमा जोड दिएका थिए।

मानवले वन्यजन्तुप्रति गर्ने व्यवहार रुखो हुन नहुने भन्दै उनीहरूले मानवीय व्यवहारमा परिवर्तन भएमा क्षति रोक्न सकिने बताएका छन्।कार्यक्रममा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगानाले मानवले वन्यजन्तुप्रति गर्ने व्यवहारमा परिवर्तन भएमा क्षतिका घटना न्यूनीकरण हुने बताए। स्थानीयले दुख गरेर वन्यजन्तु जोगाएका कारण पर्यटन विकास भएको उनको भनाइ छ। उनले बालीक्षति राहत शतप्रतिशत गराउन उपभोक्ता समितिले कार्यविधि बनाए काउन्सिलले त्यसका लागि प्रयास गर्ने बताए।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले वन्यजन्तुको आनीबानी बुझेर व्यवहार गर्न सके मानवीय क्षति रोक्न सकिने बताए। उनले निकुञ्जले घाँसेमैदान तथा सिमसार क्षेत्र व्यवस्थापनका लागि चरणबद्ध काम गरिरहेको बताए। घाँसेमैदान व्यवस्थापनका लागि ५ प्रतिशत मात्र बजेट रहेको भन्दै उनले सीमित स्रोतको सही व्यवस्थापन गरी काम भइरहेको उल्लेख गरे।रत्ननगर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष किरण महतोले बालीक्षति राहतलाई शतप्रतिशत गराउन सके द्वन्द्व कम हुने विचार व्यक्त गरे। सौराहामा चितवन राष्ट्रिय निकुञ्ज र मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिको अगुवाइमा सामुदायिक वन र पर्यटन व्यवसायीको सहभागितामा सौराहा र यस आसपासका क्षेत्रलाई लक्षित गरी सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले जानकारी दिए।यस वर्षको वन्यजन्तु सप्ताहको नारा ‘बुझौँ वन्यजन्तुको आनीबानी, घटाऔँ मानवसँगको द्वन्द्व र हानिनोक्सानी’ रहेको छ।

पछिल्लो समय जंगली जनावर बस्तीमा प्रवेश गरेर मानवीय तथा अन्य क्षति गर्न थालेपछि संरक्षणको जग हल्लिन थालेको छ। वन्यजन्तु बस्तीमा प्रवेश गर्न थालेपछि मानव–वन्यजन्तुबीचको द्वन्द्व सतहमा देखिँदा पछिल्लो समय चितवनमा जंगली हात्तीको सन्त्रास कायम छ। संरक्षणमा देखिएको चुनौतीलाई सामना गर्दै थप प्रभावकारी बनाउन वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण गर्ने तर्फ राज्यको ध्यान जान जरुरी रहेको संरक्षणकर्मीहरूले बताएका छन्।सप्ताहव्यापी कार्यक्रमअन्तर्गत वैशाख २ गते टिकौली हाइवे वरपर सरसफाइ, ३ गते चरा अवलोकन र ‘बुझौँ वन्यजन्तुको आनीबानी: घटाऔँ मानवसँगको द्वन्द्व र हानिनोक्सानी’ विषयक अन्तरक्रिया, ४ गते बुढीराप्ती खोला सरसफाइ र डुङ्गा सयर, ५ गते सौराहा सेक्टरअन्तर्गत विद्यालयस्तरीय चित्रकला र वक्तृत्वकला प्रतियोगिता, ६ गते वन्यजन्तु र वातावरण संरक्षणमूलक सचेतना र्‍याली तथा सप्ताहको अन्तिम दिन वैशाख ७ गते ‘वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा सम्भावना र चुनौती’ विषयक अन्तरक्रिया र संरक्षणमा योगदान दिनेहरूलाई विभिन्न विधामा सम्मान गरिने अध्यक्ष घिमिरेले बताए।पर्यटन विकास, वातावरण संरक्षण, वन तथा वन्यजन्तु संरक्षण, पत्रकारिता र सामुदायिक वनमा उत्कृष्ट कार्य गर्ने कार्यालय सचिवलाई सम्मान गरिने छ।

मृगकुञ्जका अध्यक्ष घिमिरेको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष बालकृष्ण चापागाई, मृगकुञ्जका पूर्वअध्यक्ष वासुदेव ढुंगाना, क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष ओम पाण्डे, रेवान अध्यक्ष ध्रुव गिरी, बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष भुवनेश्वर चौधरीलगायतले मन्तव्य राखेका थिए। मृगकुञ्जकी कार्यसमिति सदस्य विन्दु कार्कीले सञ्चालन गरेको उक्त कार्यक्रममा कार्यसमिति सदस्य सरस्वती लामाले स्वागत मन्तव्य राखेकी थिइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गणतन्त्रको सपना पूरा हुन अझै धेरै बाँकी छ : पद्मा अर्याल
‘सीआरभी’ र ‘क्युआरटी’ जल्दा प्रहरीले कसरी काम गरिरहेको छ ?
‘सीआरभी’ र ‘क्युआरटी’ जल्दा प्रहरीले कसरी काम गरिरहेको छ ?
आज २०८१ साल फागुन २२ गते बिहीबारको राशिफल
आज २०८१ साल फागुन २२ गते बिहीबारको राशिफल
बालेन शाह के पीएम बनते ही पूर्व प्रधानमंत्री केपी ओली और पूर्व गृह मंत्री रमेश लेखक गिरफ़्तार नेपाल के पूर्व प्रधानमंत्री केपी शर्मा ओली नेपाल पुलिस के प्रवक्ता अभिनारायण काफले ने बताया है कि पूर्व प्रधानमंत्री और नेपाल कम्युनिस्ट पार्टी (यूएमएल) के नेता केपी शर्मा ओली और पूर्व गृह मंत्री रमेश लेखक को गिरफ़्तार कर लिया गया है. काफले ने बीबीसी नेपाली को बताया कि ओली और लेखक दोनों को काठमांडू पुलिस परिसर ले जाया गया है. उन्होंने कहा कि उन्हें “जांच आयोग की रिपोर्ट को लागू करने के लिए मंत्रिपरिषद के फ़ैसले के अनुसार” गिरफ़्तार किया गया. पिछले साल हुए जेन ज़ी के विरोध प्रदर्शनों की जांच के लिए गठित गौरी बहादुर कार्की की अध्यक्षता वाले आयोग ने सुशीला कार्की के नेतृत्व वाली पिछली सरकार को एक रिपोर्ट सौंपी थी.
मलंगवा इन्जिनियर हत्या अपटेड;
मलंगवामा बजा
च्याम्पियन्स लिगः रोड्रिगो र डियाजको गोलमा रियल म्याड्रिड विजयी
च्याम्पियन्स लिगः रोड्रिगो र डियाजको गोलमा रियल म्याड्रिड विजयी
धर्म निरपेक्षता खारेजी र हिन्दू राष्ट्र घोषणाको माग गर्दै प्रदर्शन
अनुचित सवारी प्रयोग गर्ने उम्मेदवारलाई २५ हजारसम्म जरिवाना
नाइजेरियामा मस्जिदमा आक्रमण, ४४ जनाको मृत्यु
नाइजेरियामा मस्जिदमा आक्रमण, ४४ जनाको मृत्यु
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला