आज २०८१ साल फागुन १९ गते सोमबारको राशिफल

पावर अफ मधेश पावर अफ मधेश
सोमबार, फाल्गुन १९, २०८१
70 Views
आज २०८१ साल फागुन १९ गते सोमबारको राशिफल
समाचार सारांश
  • आज २०८१ साल फागुन १९ गते सोमबार फागुन शुक्ल पक्षको चौथी तिथि।
  • विश्व वन्यजन्तु दिवस।

आज २०८१ साल फागुन १९ गते सोमबार फागुन शुक्ल पक्षको चौथी तिथि। विश्व वन्यजन्तु दिवस। तदनुसार सन् २०२५ मार्च ३ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। खर्च भने बढ्ने देखिन्छ। बोलीको प्रभावले राम्रो काम बन्नेछ। उपचारमा भए रोगबाट मुक्त हुने दिन छ। स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारबाट सुख मिल्नेछ।

वृष : दिन सहज छ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। राजनीतिक क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। परिवारको साथमा रमाइलो गर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन सहज छ। साथीभाइले सहयोग गर्नेछन्। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। परिवारमा प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : आजको निर्णय दीर्घकालीन बन्ने योग छ। व्यापारमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा ठग सक्रिय भएकाले लगानी गर्नु अगाडि सचेत बन्नुपर्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

सिंह : शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। धार्मिक व्यक्तिसँगको भेटले तपाईंको महत्त्वपूर्ण काम बन्ने योग छ।

कन्या : अप्रिय शब्दले मन अशान्त बन्नेछ। राजनीतिक क्षेत्रमा विपक्षी साथीको प्रतिवाद सुन्नुपर्ने हुनसक्छ। ठुलो लगानीमा परिवारको तर्फबाट मात्र रकम खर्च गर्नु उचित हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुला : परिवारको साथमा घुम्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने जटिल समस्या देखिने जोखिम छ। आज विपक्षी साथीबाट प्रशंसा सुन्न सकिने छ।

वृश्चिक : एकल निर्णय नगर्नु उचित हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। परिवारको सल्लाह लिएर अगाडि बढेमा लक्ष्य प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : शुभ ग्रहको बहुमत भएको दिन छ। रोग प्रतिरोधात्मक क्षमता बढाउन औषधी नियमित गर्नुपर्नेछ। गोप्य कुरा साथीलाई सुनाएमा मात्र घाटा हुने जोखिम छ। परिवार भित्र खेल्ने मान्छेले दुःख दिने भएकाले सचेत बन्नुपर्नेछ।

मकर : दिन सामान्य छ। अन्त्य साढेसाती दशाले गर्दा सोचेका काममा अवरोध सिर्जना हुनेछ। आफ्ना भनिएका भन्दा विपक्षी साथीले सहयोग गर्नेछन्। धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

कुम्भ : दाजुभाइसँग सहकार्य गरेर अगाडि बढेमा काम सफल बन्नेछ। सञ्चित धन खर्च हुने दिन छ। मध्यसाढेसाती दशाबाट मुक्त हुन धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्ने दिन छ।

मीन : भएको सम्पत्ति सदुपयोग गर्नुपर्ने दिन छ। सुरुवाती शनिदेवका कारण साथी टाढा हुने जोखिम छ। गोपनीयता भंग नगर्नु उचित हुन्छ। परिवारको सल्लाहमा गरेको काम सफल बन्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले महासचिव पोखरेलको टिप्पणी : विद्युत् उपभोगमा भ्याट लगाएर जनताको ढाड सेक्न खोजियो
नेपालमा विदेशी पर्यटक आगमन उल्लेख्य वृद्धि, जनवरीमै १५.७ प्रतिशतले उकालो
ओली पक्राउको विरोधमा माइतीघरमा एमालेको प्रदर्शन, क्षेत्र तनावग्रस्त
अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन आज, विश्वविद्यालय क्याम्पसमा चैत ८ गते
अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन आज, विश्वविद्यालय क्याम्पसमा चैत ८ गते
जसपा नेपाल सर्लाहीले स्थानीय जनप्रतिनिधिलाई साेध्याे २४ घण्टे स्पष्टीकरण
सर्लाही–४ : रामचरित्र सहनी र निषाद समुदायको ‘आँखा’ छापद्वारा अग्निपरीक्षा
उपचार अभावमा गोडैता–२ जयपुरका बसलोचन मुखियाको अवस्था गम्भीर
मलंगवा इन्जिनियर हत्या अपटेड;
नेपाली कांग्रेसको आन्तरिक कलह अब वारपारको अवस्थामा पुगेको छ। शेर
नेपाली कांग्रेसको आन्तरिक कलह अब वारपारको अवस्थामा पुगेको छ। शेर
आज २०८१ साल चैत १४ गते बिहीबारको राशिफल
आज २०८१ साल चैत १४ गते बिहीबारको राशिफल
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला