डिजिटल रूपान्तरणमा ‘नेपाल केन्द्र’ को अवधारणा

पावर अफ मधेश पावर अफ मधेश
बुधबार, आषाढ ३, २०८३
7 Views
समाचार सारांश
  • कर्णालीको दूरदराजमा रहेका एक जना किसानका बारेमा कल्पना गर्नुहोस् ।
  • उनीसँग तुलनात्मक रूपमा सस्तो स्मार्टफोन छ,जसले ‘कनेक्टिभिटी’ को चमत्कारलाई प्रतिनिधित्व गर्छ ।

कर्णालीको दूरदराजमा रहेका एक जना किसानका बारेमा कल्पना गर्नुहोस् । उनीसँग तुलनात्मक रूपमा सस्तो स्मार्टफोन छ,जसले ‘कनेक्टिभिटी’ को चमत्कारलाई प्रतिनिधित्व गर्छ । उनको डिभाइसमा ‘फोरजी सिग्नल’ छ । तर, जब उनले कृषि अनुदानका लागि आवेदन दिन वा जग्गा दर्ता खोज्छन्, जब अप्ठ्यारोहरूमा फस्छन् । किनकि, हाम्रा सरकारी पोर्टलको ढाँचाहरू अत्यन्तै जटिल किसिमका हुने गर्छन्, जुन एउटा किसानका लागि अबोधगम्य हुने गर्छ ।

नेपाल सरकारले प्रभावकारी शासनका लागि अघि सारेको १०० बुँदे मार्गचित्रको केन्द्रमा डिजिटल रूपान्तरणको विषय पनि छ । हामी यस सवालमा महत्त्वपूर्ण मोडमा छौं । ‘डिजिटल नेपाल’ को सम्भावना धेरै छ । यसले सार्वजनिक सेवाहरूलाई सुव्यवस्थित गर्ने, भ्रष्टाचार रोक्ने र आर्थिक वृद्धिलाई गति दिने सामर्थ्य राख्छ । यद्यपि, यदि हामीले पश्चिमा देशहरूबाट ‘टेक्स्ट हेबी’ डिजिटल मोडललाई मात्र आयात गर्‍यौं भने हामीले हाम्रो विद्यमान असमानतालाई नै डिजिटलाइज गर्न पुग्छौं । यो एउटा अवाञ्छित परिणाम हुनेछ ।

नेपालको वयस्क साक्षरता दर करिब ७० प्रतिशत छ । सीमान्तकृत समुदाय, महिला र वृद्धवृद्धाहरूमा यो दर निकै कम छ । यस्तो परिप्रेक्ष्यमा सार्वभौमिक साक्षरताको अनुमान गर्ने डिजिटल रणनीति राष्ट्रिय विकासको रणनीति होइन । यो रणनीतिले एकतिहाइ जनसंख्यालाई पछाडि छोड्नेछ । मेरो अनुभव यहाँ जोड्छु, मेरी निरक्षर आमालाई आइफोनको बटम थिचेर मलाई फोन गर्न सिकाउन मात्रै तीन महिना लाग्यो । यसर्थ, ई–गभर्नेन्सको वास्तविक वाचा पूरा गर्नका लागि हाम्रा जटिल वेबसाइटलाई सामान्य नागरिकले प्रयोग गर्न सक्ने खालको बनाउनुपर्छ । त्यसका लागि हामीले ‘समावेशिताको त्रिशूल’ को अवधारणालाई प्रयोगमा ल्याउनुपर्छ ।

समावेशी त्रिशूल

त्रिशूल एउटा परम्परागत तीन चुच्चे चित्र हो । यसलाई शक्तिशाली ‘मेटाफोर’ का रूपमा प्रयोग गर्न सकिन्छ । कुनै पनि नयाँ डिजिटल सार्वजनिक सेवा सुरु गर्नुअघि त्यसलाई निम्त तीन आधारस्तम्भका आधारमा मूल्यांकन गर्नुपर्छ–

आवाज आधारित संरचना

विश्वव्यापी रूपमा इन्टरनेटको निर्माण पढ्न र टाइप गर्नका लागि बनाइएको हो । तर, समावेशी इन्टरनेट बोल्न र सुन्नका लागि निर्माण हुनुपर्छ । जसले कठोर डिजिटल फाराम पढ्न सक्दैनन्, उसका लागि आवाज नै सबैभन्दा सहज माध्यम हो । मुख्य सार्वजनिक सेवाहरू ‘इन्टरएक्टिभ भ्वाइस रेस्पोन्स’ प्रणाली तथा प्रमुख नेपाली भाषाहरूमा उपलब्ध ‘भ्वाइस कमान्ड’ मार्फत पहुँचयोग्य हुनुपर्छ ।

यसबाहेक, राष्ट्रिय डाटा एक्सचेन्ज लेयर जस्ता हाम्रा आधारभूत डिजिटल पूर्वाधारहरू सुरक्षित, आवाज–आधारित प्रश्नहरूलाई समर्थन गर्ने गरी डिजाइन गरिनुपर्छ । जसले गर्दा नागरिकले एउटा साधारण फोन कलमार्फत सेवा लिन सकुन् ।

दृश्यात्मक रूपमा सहज इन्टरफेस

सबैले बुझ्ने प्रतीक, रङ–कोडिङ र सरल दृश्य संकेतहरूलाई प्राथमिकता दिनुपर्छ । यससँगै प्रमाणीकरणको अवधारणालाई पनि पुनर्विचार गर्नुपर्छ । जटिल पासवर्ड सम्झनु धेरैका लागि अहसज हुन्छ । डिजिटल पहिचान प्रणालीहरू मुख्यतः बायोमेट्रिक प्रमाणीकरणहरू जस्तै औंठाछाप वा अनुहार पहिचानमा आधारित हुनुपर्छ । यसले नागरिकको भौतिक उपस्थितिलाई नै उसको अधिकार उपयोग गर्ने अन्तिम र कहिल्यै नबिर्सिने अस्त्र बनाउँछ ।

एजेन्ट सहायता प्राप्त ‘मानवीय पुल’

त्रिशूलको तेस्रो र सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको जटिल डिजिटल प्रणालीका लागि सबैभन्दा राम्रो इन्टरफेस प्रायः प्रशिक्षित मानव नै हो भन्ने कुराको पहिचान हो । यसका लागि सहायता प्राप्त डिजिटल मोडलको व्यापक विस्तार आवश्यक छ । यसका लागि ‘सहयोगी डिजिटल सेवा’ लाई व्यापक रूपमा विस्तार गर्नुपर्छ ।

डिजिटल नेपाल केन्द्रको आवश्यकता

यहींबाट समावेशिताको सबैभन्दा व्यावहारिक र आर्थिक रूपमा प्रभावकारी उपायका रूपमा डिजिटल नेपाल केन्द्रको अवधारणा आउँछ ।

बंगलादेशको अत्यन्त सफल एटूआई (एस्पायर टू इनोभेट) बाट प्रेरणा लिएर नेपालले देशव्यापी रूपमा स्थानीयस्तरमा सञ्चालन हुने डिजिटल सेवा केन्द्रहरूको सञ्जाल स्थापना तथा फ्रेन्चाइज गर्नुपर्छ । डिजिटल नेपाल केन्द्र भनेको सरकारी कर्मचारीले सञ्चालन गर्ने कार्यालय होइन । यो एउटा सूक्ष्म उद्यम हो ।

कल्पना गरौं— कुनै ग्रामीण नगरपालिकामा एउटा सानो सेवा केन्द्र छ, जहाँ कम्प्युटर, बायोमेट्रिक स्क्यानर, प्रिन्टर र भरपर्दो इन्टरनेट जडान उपलब्ध छ । यो केन्द्र स्थानीय उद्यमी विशेष गरी प्रविधिमा रुचि भएको युवा वा समुदायकी महिलाले सञ्चालन गर्छन् । जब कर्णालीका ती किसानलाई कृषि अनुदान चाहिन्छ, उनले स्मार्टफोनसँग संघर्ष गर्नु पर्दैन वा जिल्ला सदरमुकाम पुग्न लामो यात्रा गर्नु पर्दैन । उनी आफ्नै गाउँको डिजिटल नेपाल केन्द्रमा जान्छन् । त्यहाँको उनैले चिन्ने र विश्वास गर्ने स्थानीय एजेन्टलाई भेट्छन् । र, उसैमार्फत आफ्नो कामअनुसारको आवेदन प्रक्रिया पूरा गर्छन् । यसरी नागरिकले सहज रूपमा सेवा पाउँछन् र एजेन्टले आफ्नो सेवाबापत सरकारद्वारा नियमन गरिएको सानो कमिसन प्राप्त गर्छन् ।

मानव पुँजी र आर्थिक सुदृढतामा लगानी

यस्ता केन्द्रहरू स्थापना र विस्तार गर्नु केवल सूचना प्रविधिमा गरिएको खर्च होइन, यो मानव पुँजी र स्थानीय आर्थिक सुदृढका लागि गरिएको लगानी हो ।

पहिलो, यसले सेवा प्रवाहको अवरोध तुरुन्त समाधान गर्छ । डिजिटल सेवाको १०० प्रतिशत प्रयोगका लागि १०० प्रतिशत डिजिटल साक्षरताको प्रतीक्षा गर्नु पर्दैन । ‘मानवीय पुल’ ले साक्षरताको अवरोधलाई नै पार गरिदिन्छ ।

दोस्रो, यसले देशभर हजारौं र दिगो सूक्ष्म उद्यमहरू सिर्जना गर्छ । सरकारले यो मोडललाई फ्रेन्चाइज गर्दा स्थानीय युवाहरू आफ्नै समुदायका डिजिटल नेतृत्वकर्ता बन्न सक्छन् । यसले गाउँबाट सहरतर्फको बसाइँसराइ घटाउन सक्छ । किनकि, गाउँमै रोजगारी सिर्जना हुन्छ । नयाँ पुस्ताका स्थानीय प्रविधि उद्यमीलाई प्रोत्साहन गर्छ ।

तेस्रो, यसले डिजिटल रूपान्तरणका लागि अपरिहार्य एउटा आधार निर्माण गर्छ— विश्वास ।

डिजिटल ठगीका घटनाहरू बढिरहेका र डेटा गोपनीयताको अवधारणा अझै प्रारम्भिक अवस्थामा रहेको समाजमा, विश्वासिलो स्थानीय व्यक्तिले डिजिटल मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दा नागरिकहरू ई–शासनप्रति आश्वस्त हुन्छन् ।

अबको बाटो

नेपाल सरकारको १०० बुँदे कार्ययोजना एउटा साहसी प्रतिबद्धता हो । तर डिजिटल राज्यको वास्तविक मूल्यांकन त्यसको कोड कति जटिल छ वा सर्भर कति छिटो छ भन्ने आधारमा हुँदैन । यसको वास्तविक मापन भनेको सबैभन्दा कमजोर र वञ्चित नागरिकले आफ्ना आधारभूत अधिकार कति सहज रूपमा उपयोग गर्न सक्छन् भन्ने आधारमा तय हुन्छ ।

डिजिटल नेपाललाई सबैका लागि वास्तविक बनाउन नीति निर्माता, अन्तर्राष्ट्रिय विकास साझेदार र निजी क्षेत्रले उल्लेखित समावेशी दृष्टिकोणमा एकजुट हुनुपर्छ । आवाज–आधारित सार्वजनिक डिजिटल साधनहरूको विकासमा लगानी बढाउनुपर्छ र डिजिटल नेपाल केन्द्रहरूलाई तीव्र रूपमा विस्तार गर्नुपर्छ ।

समावेशिताको त्रिशूललाई अंगीकार गर्दै र समुदायलाई जोड्ने मानवीय पुलहरूमा लगानी गरेर हामी नेपालको डिजिटल रूपान्तरणलाई केवल प्राविधिक सुधारमा सीमित नराखी समानता, सशक्तीकरण र आर्थिक अवसरको शक्तिशाली साधन बनाउन सक्छौं ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
Amrita kumari
Amrita kumari
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ललिता निवास जग्गा प्रकरणमा विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा
ललिता निवास जग्गा प्रकरणमा विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा
राप्ती- १० मा निःशुल्क स्वास्थ्य परिक्षण, २८६ जनाले लिए लाभ
राप्ती- १० मा निःशुल्क स्वास्थ्य परिक्षण, २८६ जनाले लिए लाभ
राष्ट्रपति पौडेलद्वारा टुँडिखेलमा घोडेजात्रा २०८२ समारोह उद्घाटन
गोडैता नगर Gen – Z संघर्ष समिती अध्यक्ष वेद प्रकाश झाको नेतृत्वमा गोडैता नगरमा ज्ञापनपत्र: १५ दिनभित्र माग सम्बोधन नभए कडा आन्दोलनको चेतावनी
राजनीतिक कार्यक्रममा सरकारी सवारी साधन प्रयोग नगर्न जिल्ला प्रशासनको कडाइ
कुमरोज वनको अध्यक्षमा सिलवाल निर्वाचित
कुमरोज वनको अध्यक्षमा सिलवाल निर्वाचित
हुलाकी राजमार्गमा टिपर–ट्र्याक्टर ठक्कर: एक जना गम्भीर घाइते, टिपर चालक फरार
सर्लाही – ४ : युवा उम्मेदवार अमनिश कुमार यादवले बढाए सक्रियता
सोसल मिडियाको स्टण्टबाजीले जनमत भ्रमित भइरहेको छ : प्रचण्ड
झन्डै ७५ प्रतिशत नवजात शिशु स्याहार केन्द्रमा अत्यावश्यक औषधि अभाव