गृहमन्त्री गुरुङको चेतावनी- व्यक्तिगत चरित्रहत्यालाई गृह मन्त्रालयले गम्भीर रूपमा लिने छ (भिडिओ)

पावर अफ मधेश पावर अफ मधेश
मंगलबार, जेठ २६, २०८३
13 Views
समाचार सारांश
  • ‘ममाथि आक्रमण सहन्छु, तर नेपाली नागरिकको चरित्रहत्या सहन सक्दिनँ’ काठमाडौं ।
  • गृहमन्त्रीमा कमब्याक गरेका सुधन गुरुङले मिडिया ट्रायलका कारण कसैले आत्महत्या गर्ने स्थिति आउन नहुने चेतावनी दिएका छन् ।

‘ममाथि आक्रमण सहन्छु, तर नेपाली नागरिकको चरित्रहत्या सहन सक्दिनँ’

काठमाडौं ।

गृहमन्त्रीमा कमब्याक गरेका सुधन गुरुङले मिडिया ट्रायलका कारण कसैले आत्महत्या गर्ने स्थिति आउन नहुने चेतावनी दिएका छन् ।

उनले गृह मन्त्रीको पदभार ग्रहण गरेलगत्तै आफूमाथि आक्रमण थेग्न सक्ने तर नेपाली नागरिकलाई दुख दिएको सहन नसक्ने बताए ।

गृहमन्त्रालयमा गरिएको संक्षिप्त पत्रकार सम्मेलनमा गुरुङले आफू फेरि यो पदमा फर्किँदा धेरै मानिसहरू दुखी भएको हुनसक्ने टिप्पणी गरे ।

उनले भने, ‘धेरै जना खुसी पनि हुनुहुन्छ, धेरै जना दुखी पनि हुनुहुन्छ होला । म त थेग्न सकौँला, तर आइन्दा कुनै नेपाली नागरिकलाई अपमान गर्ने, चरित्रहत्या गर्ने कसैले प्रयास गरेको खण्डमा गृह मन्त्रालयले एकदम संवेदनशील भएर हेर्नेवाला छ । मलाई जे भन्नु छ, नो प्रोब्लम । जस्तो आरोप पनि थेग्न सक्छु । तर नेपाली नागरिकलाई दुख दिएको चाहिँ हेर्न सक्दिन । विशेष गरी हाम्रो चेलीहरूलाई जुन तारिकाले चरित्रहत्या गरिन्छ, त्यसमा गृह मन्त्रालय सिरियस हुन्छ । जति अट्याक गर्नु छ, मलाई गर्नुस् । तथ्यका आधारमा गर्नुपर्‍यो । तोडमोड गर्नुभएन । मिडिया ट्रायलका नाममा कसैले आत्महत्या गर्नु नपरोस् ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला