हिन्दू राष्ट्र नेपाल” विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

पावर अफ मधेश पावर अफ मधेश
शुक्रबार, माघ ९, २०८२
225 Views
समाचार सारांश
  •   सर्लाही, माघ ८ हिन्दू सम्राट सेना नेपालको आयोजनामा सर्लाहीको रामनगर गाउँपालिका सिसौटस्थित माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
  • “हिन्दू राष्ट्र नेपाल” विषयमा आयोजना गरिएको प्रतियोगितामा रामनगर गा.

 

सर्लाही, माघ ८

हिन्दू सम्राट सेना नेपालको आयोजनामा सर्लाहीको रामनगर गाउँपालिका सिसौटस्थित माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

“हिन्दू राष्ट्र नेपाल” विषयमा आयोजना गरिएको प्रतियोगितामा रामनगर गा.पा भित्रका विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो। वक्ताहरूले राष्ट्रियता, संस्कृति, धर्म र वैचारिक विषयमा आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए। यस्ता कार्यक्रमले विद्यार्थीहरूमा राष्ट्रिय, सांस्कृतिक तथा वैचारिक चेतनाको विकास गर्न सहयोग पुर्‍याउने आयोजकले जनाएको छ।

हिन्दू सम्राट सेना नेपालका केन्द्रीय उपाध्यक्ष कृष्णा यादवले विद्यार्थीहरूको बौद्धिक क्षमता, आत्मविश्वास र अभिव्यक्ति कलाको विकासका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताए । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिएका छन् ।

कार्यक्रममा शिक्षक,विद्यार्थी र स्थानीयहरु लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला