हरिपुर्वामा हिन्दु जागरण अभियान १६ बुँदे मागसहित हजारौं हिन्दूहरुको उत्साहजनक सहभागीता

पावर अफ मधेश पावर अफ मधेश
आइतबार, माघ ४, २०८२
133 Views
समाचार सारांश
  • सर्लाही,माघ ३ हिन्दु सम्राट सेना नेपाल सर्लाहीको आयोजनामा शनिबार हरिपुर्वामा हिन्दु जागरण अभियान सम्पन्न भएको छ।
  • संगठित हिन्दू ,सुरक्षित हिन्दू भन्ने मुल नाराका साथ आयोजना भएको कार्यक्रममा बालबालिका , महिला , पुरुष , वृद्धवृद्धा गरि हजारौं हिन्दु धर्मावलम्बीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

सर्लाही,माघ ३
हिन्दु सम्राट सेना नेपाल सर्लाहीको आयोजनामा शनिबार हरिपुर्वामा हिन्दु जागरण अभियान सम्पन्न भएको छ। संगठित हिन्दू ,सुरक्षित हिन्दू भन्ने मुल नाराका साथ आयोजना भएको कार्यक्रममा बालबालिका , महिला , पुरुष , वृद्धवृद्धा गरि हजारौं हिन्दु धर्मावलम्बीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
अभियानमार्फत नेपाललाई पुनः हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने मुख्य माग उठाइएको छ। साथै मठ–मन्दिरलाई सरकारी नियन्त्रणबाट बाहिर राखी हिन्दु ट्रस्ट गठन गर्ने, पुजारीलाई मासिक तलबको व्यवस्था गर्ने, जातीय छुवाछूत अन्त्य गर्दै समतामूलक हिन्दु समाज निर्माण गर्नुपर्ने माग राखिएको छ। धर्मान्तरणविरुद्ध कडा कानुन निर्माण र त्यसको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग आग्रह गरिएको छ।
अभियानमा भ्रष्टाचार नियन्त्रणका लागि कडा कानुन, प्रत्येक पालिकामा माध्यमिक तहसम्मको गुरुकुल शिक्षा र गौशाला स्थापना, कृषकलाई समयमै बीउ–विजन, मलखाद तथा सिँचाइका लागि निःशुल्क बिजुली उपलब्ध गराउनुपर्ने माग पनि समेटिएको छ। यस्तै, प्रत्येक घरपरिवारलाई १०० युनिटसम्म निःशुल्क बिजुली, सरकारी विद्यालयमा अंग्रेजी माध्यम र नैतिक शिक्षा अनिवार्य गर्नुपर्ने माग अघि सारिएको छ।
स्वास्थ्य सेवाअन्तर्गत प्रत्येक पालिकामा ICU र NICU सेवा स्थापना तथा निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने माग गरिएको छ। मुस्लिम आयोग खारेजी वा हिन्दु, बौद्ध र किराँत आयोग स्थापना, विदेशी घुसपैठमा प्रतिबन्ध, डिटेन्सन सेन्टर स्थापना, मदरसा शिक्षा खारेजी तथा जनसंख्या नियन्त्रणका लागि कडा कानुन बनाइनुपर्ने माग पनि जागरण अभियानमा उठाइएको छ।
चारधामलगायत तीर्थस्थलसम्म निःशुल्क तीर्थ यात्राको व्यवस्था गर्नुपर्ने माग राखिँदै शान्तिपूर्ण रूपमा सरकारको ध्यानाकर्षण गराइएको हिन्दू सम्राट सेना नेपालका केन्द्रीय उपाध्यक्ष कृष्णा यादवले बताएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न जिल्ला प्रशासनको आग्रह
महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य हुनु आवश्यक : राष्ट्रपति
महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य हुनु आवश्यक : राष्ट्रपति
एकल अभियानअन्तर्गत गोडैता नगरपालिका–३ मा कार्यक्रम सम्पन्न
एसइई २०८१ : ५ लाख १० हजार विद्यार्थी सहभागी हुने
अदालतको मौनता र राजनीतिक अन्योल : निर्वाचन कि संसद् पुनःस्थापना ?
आजको मौसमः देशको पहाडी भुभागमा पानी पर्न सक्ने
आजको मौसमः देशको पहाडी भुभागमा पानी पर्न सक्ने
Oli, Deuba and Prachanda holding crucial meeting today
Oli, Deuba and Prachanda holding crucial meeting today
च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
सर्लाही क्षेत्र न. ३ का जसपाका उम्मेदवार जेपि यादव माथी सर्लाहिकै बागमतीमा हातपातको प्रयास, घटना के कसरी भयो ?
समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला