करिब दुई घण्टापछि खुल्यो फेसबुक, सेवा अझै पूर्ण रूपमा सामान्य बनेन
- काठमाडौँ ।
- सामाजिक सञ्जाल प्लेटफर्म फेसबुकमा शुक्रबार देखिएको विश्वव्यापी प्राविधिक अवरोध करिब दुई घण्टापछि आंशिक रूपमा समाधान भए पनि सेवा अझै पूर्ण रूपमा सामान्य अवस्थामा फर्किन सकेको छैन ।
काठमाडौँ । सामाजिक सञ्जाल प्लेटफर्म फेसबुकमा शुक्रबार देखिएको विश्वव्यापी प्राविधिक अवरोध करिब दुई घण्टापछि आंशिक रूपमा समाधान भए पनि सेवा अझै पूर्ण रूपमा सामान्य अवस्थामा फर्किन सकेको छैन ।
शुक्रबार अचानक फेसबुकमा पहुँच नहुने, सामग्री लोड नहुने तथा लगइनसम्बन्धी समस्या देखिएपछि विश्वभरका लाखौँ प्रयोगकर्ताले सेवा प्रयोग गर्न कठिनाइ भोगेका थिए । सेवा अवरुद्ध भएसँगै समस्या निगरानी गर्ने वेबसाइट डाउन डिटेक्टरमा एकैपटक ठूलो सङ्ख्यामा गुनासो दर्ता भएको थियो ।
प्रारम्भिक विवरणअनुसार फेसबुकको मातृ कम्पनी मेटाअन्तर्गत सञ्चालित इन्स्टाग्राम र थ्रेड्समा पनि समान प्रकृतिका समस्या देखिएका थिए । यसले समस्या फेसबुकमा मात्र सीमित नभई मेटाको समग्र सेवा प्रणालीसँग सम्बन्धित रहेको अनुमान गरिएको छ ।
अवरोध सुरु भएको करिब दुई घण्टापछि धेरै प्रयोगकर्ताले फेसबुक पुनः खुल्न थालेको जानकारी दिएका छन् । यद्यपि, कतिपय क्षेत्रमा सामग्री लोड हुन ढिलाइ हुने, प्रतिक्रिया तथा सन्देश आदानप्रदानमा समस्या देखिने र केही सुविधाहरू अस्थिर रहने समस्या अझै कायम रहेको प्रयोगकर्ताहरूले बताएका छन् ।
यस अवधिमा प्रयोगकर्ताहरूले एक्स, टेलिग्राम तथा अन्य सामाजिक सञ्जालमार्फत फेसबुक, इन्स्टाग्राम र थ्रेड्समा देखिएको समस्याबारे जानकारी आदानप्रदान गरेका थिए ।
मेटाले अवरोधको कारणबारे औपचारिक विवरण सार्वजनिक नगरेको भए पनि प्राविधिक क्षेत्रका जानकारहरूले यसलाई ठूलो प्रणालीगत समस्या वा सर्भरसम्बन्धी गडबडीसँग जोडेर हेरेका छन् ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ
