आज २०८१ साल फागुन २६ गते सोमबारको राशिफल

पावर अफ मधेश पावर अफ मधेश
सोमबार, फाल्गुन २६, २०८१
58 Views
आज २०८१ साल फागुन २६ गते सोमबारको राशिफल
समाचार सारांश
  • आज २०८१ साल फागुन २६ गते सोमबार फागुन शुक्ल पक्षको एकादशी तिथि।
  • आमलकी एकादशी व्रत।

आज २०८१ साल फागुन २६ गते सोमबार फागुन शुक्ल पक्षको एकादशी तिथि। आमलकी एकादशी व्रत। तदनुसार सन् २०२५ मार्च १० तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। आज गरेको काममा सफलता मिल्नेछ। दीर्घकालीन निर्णय गर्नु उपयुक्त हुनेछ। वैदेशिक रमझमले मन आकर्षित गर्नेछ। परिवारको साथ सहयोग मिल्नेछ।

वृष : दिन सामान्य राम्रो छ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखा पर्नेछन्। परिवारमा मेलमिलापको वातावरण बन्नेछ। राजनीतिक क्षेत्रमा भने ठगिने सम्भावना छ।

मिथुन : दिन राम्रो छ। धन आर्जन हुनेछ। साथीको साथ र सहयोग बढ्नेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : आज तपाईंका लागि शुभग्रहको बहुमत रहेको छ। जमिन सम्बन्धी कारोबार गरेमा नाफा मिल्नेछ। कृषिजन्य वस्तुमा गरेको व्यापारमा फाइदा हुनेछ। परिवारको सहयोग प्राप्त हुनेछ।

सिंह : दिन सामान्य छ। लक्ष्यमा पुग्न धैर्य गर्नुपर्नेछ। हरेक क्षेत्रमा बाधा, अर्चन आइपर्नेछन्। अभिभावकको सल्लाह लिएर अघि बढेमा हरेक क्षेत्रमा सफलता मिल्नेछ।

कन्या : दिन सामान्य छ। साना कुरामा विवाद हुनसक्छ। बोल्दा ख्याल गर्नुपर्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

तुला : दिन राम्रो छ। शिक्षामा गरेको प्रयासबाट सफलता मिल्नेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ। राज्यको तर्फबाट समेत सेवाको अवसर मिल्ने योग छ।

वृश्चिक : बोलीको प्रभाव बढ्नेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। राज्यको तर्फबाट सहयोग मिल्नेछ। बिहान उठेर सूर्य दर्शन गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज हुनेछ। परिवारमा भने खटपटी बढ्ने जोखिम छ।

धनु : तपाईंका लागि आजको दिन सामान्य रहेको छ। व्यापार व्यवसायमा गरेको लगानीबाट फाइदा मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ भने प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मकर : सञ्चित धन खर्च हुने दिन छ। साथीसँग कुरा गर्दा ख्याल गर्नुपर्नेछ। राजनीतिक क्षेत्रमा शत्रु बढ्नेछन्। धार्मिक कार्यका सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

कुम्भ : मन अशान्त बन्नेछ। सानातिना कुरामा धेरै रिस उठ्नेछ। सञ्चित धन खर्च हुनेछ। शिव भजन गर्दा मनमा शान्ति मिल्नेछ। साथीसँग सहकार्य गरेर लगानी गर्नु उचित हुनेछ।

मीन : बोलीको प्रभावले राम्रा काम बन्नेछन्। बोल्दा तीन पटक सोच्नुपर्ने समय छ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। हरेक क्षेत्रमा धैर्य गरेर अघि बढ्नुपर्ने दिन छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपाको बहुमतप्रति जेन–जीको सन्देश : “प्रशंसा मात्र होइन, खबरदारी पनि”
कालिकामा वन डढेलोजन्य विपद् व्यवस्थापन अभिमुखिकरण कार्यक्रम
कालिकामा वन डढेलोजन्य विपद् व्यवस्थापन अभिमुखिकरण कार्यक्रम
हर्दि देखि टाँडी चोकसम्म भोली ११ हजार भोल्टको नयाँ विद्युत लाइन परीक्षण हुँदै
हर्दि देखि टाँडी चोकसम्म भोली ११ हजार भोल्टको नयाँ विद्युत लाइन परीक्षण हुँदै
आज २०८१ साल चैत १४ गते बिहीबारको राशिफल
आज २०८१ साल चैत १४ गते बिहीबारको राशिफल
६ लेनमा विस्तारित पुलचोक-गोन्द्राङ सडकको प्रधानमन्त्री ओलीले गरे उद्घाटन
६ लेनमा विस्तारित पुलचोक-गोन्द्राङ सडकको प्रधानमन्त्री ओलीले गरे उद्घाटन
३०औं वन्यजन्तु सप्ताह : बुढ़ीराप्ती नदी सरसफाईमा एमालेको साथ
३०औं वन्यजन्तु सप्ताह : बुढ़ीराप्ती नदी सरसफाईमा एमालेको साथ
प्रमुख प्रशासकीय अधिकृत नपठाइएसम्म कार्यालय नजाने मेयर यादवको घोषणा
वडाध्यक्ष र मेयरको पनि सम्पत्ति छानबिन हुन्छ, सुनको तोलातोला जोख्दा बल्ल थाहा पाउँछन् : सुधन गुरुङ
३२ अंकले घट्यो नेप्से, साढे ७ अर्ब बढीको कारोबार
३२ अंकले घट्यो नेप्से, साढे ७ अर्ब बढीको कारोबार
यस्तो छ आजको मौसम पूर्वानुमान
यस्तो छ आजको मौसम पूर्वानुमान
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला